प्रवास

नेपालीहरुद्वारा चीनमा रक्तदान

गोन्जाउ– दक्षिण चीनको औधौगीक सहर गोन्जाउमा रहेका नेपालीहरूले रक्तदान गरेका छन्। नेपालीहरूले औपचारिक रूपमा पहिलोपटक यति ठूलो संख्यामा रक्तदान गरेका हुन।
 
गोन्जाउस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) चीन मिलेर नेपाल भ्रमण वर्षको प्रचार प्रसारसँगै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा कूल ८८ जनाले रक्तदान गरेका थिए।
 
त्यसमध्ये ७६ जना नेपाली र बाँकी अन्य विदेशी रक्तदाता रहेका थिए। एनआरएनए चीनकी उपाध्यक्ष तथा रक्तदान कार्यक्रमकी संयोजक शुष्बु अग्रवालको अनुसार रक्तदानमा नेपाली व्यवसायी तथा विद्यार्थी सहभागि थिए।
 
रक्तदानबाट गोन्जाउ स्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो। ‘हाम्रो पुरानो योजना आज पुरा भएको छ’ संयोजनक अग्रवालले भनिन्, ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमा संचालन गर्न हौसला मिलेको छ।’

प्रकाशित: ९ मंसिर २०७६ ११:१७ सोमबार

गोन्जाउ रक्तदान चीन नेपाली