प्रवास

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङ, सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। गत शनिवार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी शेरबहादुर सुनारभन्दा २ सय ३ मत बढी ल्याएर विजयी भएकी हुन्। निर्वाचन भएको  एक सातापछि आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम  अनुसार अध्यक्षमा निर्वाचित गुरुङले ४ हजार ५ सय ५१ मत प्राप्त गरेकी छन्

यस्तै सुनारले ४ हजार ३ सय ४८ मत प्राप्त गरेको एनआरएन युके निर्वाचन समितिले जनाएको छ। आगामी २ वर्षे कार्यकालको लागि उपाध्यक्षमा प्रेम गाहामगर र सुनिलबाबु खड्का विजयी भए। संघको महिला उपाध्यक्षमा रोजिना प्रधान राईले जितेकी छन्। स्कटल्यान्डको प्रतिनिधित्व गर्दै  उपाध्यक्षमा मोहन कार्की विजयी भएका छन्।

महासचिवमा पत्रकार फडिन्द्र भट्टराई विजयी भए। २ सचिव पदमा जित रानाभाट र कोशलेश्वर ढकालले सफलता हासिल गरे। महिला सचिवमा रन्जिता मल्ल, कोषाध्यक्षमा तेजेन्द्र रोका र सहकोषाध्यक्षमा सलुन्तला गुरुङ विजयी भइन्।

निर्वाचन युवा संयोजकमा नविन गुरुङ र महिला संयोजकमा प्रसुना कंडेलले जितेकी छन्। १२ जना कार्यसमितिको सदस्यको लागि  सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कंडेल, कोपिला वनेम, लालबहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा. सुनिलकुमार शाह, हेमबहादुर लिम्बु, चन्द्रकला लिम्बू, तारामैया गुरुङ, ज्ञानेन्द्र आले मगर विजयी बनेका छन।

यस्तै संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसिसी) को ७ सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी , दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भए। वेलायतमा पहिलो पटक भएको इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दिपक श्रेष्ठले सफलता हासिल गरे।

परिषको उपाध्यक्षमा लालबहादुर गुरुङ विजयी भए। सचिवमा गोबिन्द शर्मा खरेल निर्वाचित बने। कोषाध्यक्षमा ध्रुवहरि बास्कोटा, सहकोषाध्यक्षमा चन्दन गुरुङ विजयी भए। सदस्यमा वन्दना केसीले सर्वाधिक मत प्राप्त गरिन्  अन्य सदस्यमा, मोहन ओली, प्रकाश न्यौपाने र सिताकुमारी पन्त विजयी भए।

यसै बीच नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले निर्वाचन समितिका प्रमुख डमर घलेसँग आइतवार सफथ लिएका छन्। अल्डरशटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङले गैरआवासीय नेपाली  संघको अभियानमा सबै पक्षलाई संगै लिएर हिड्ने प्रतिवद्धता जनाइन्।  

उनले आफ्नो घोषणापत्र अनुरुप हाम्रो एनआरएन, राम्रो एनआरएन भन्ने मुलमन्त्रमा केन्द्रित रहेर आगामी दिनमा कार्ययोजना लिएर आउने बताइन्। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले बधाई तथा शुभकामना दिए।

सफथ ग्रहण कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, सहकोषाध्यक्ष सोप सापकोटा, केन्द्रीय प्रतिनिधी रामशरण सिमखडा, एनआरएनए युकेका पूर्वअध्यक्षहरु, बिभिन्न संघसँस्थाहरुका प्रतिनिधी लगायत ५ सय भन्दा बढी सहभागी थिए।

प्रकाशित: ६ आश्विन २०७६ ०६:४३ सोमबार

एनआरएन प्रतिवद्धता