प्रवास

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

अमेरिका- गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुनिल शाह निर्वाचित भएका छन्। हिजो र अस्ति सम्पन्न दुई दिने अनलाईन मतदानमा वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बन्जाडे र महासचिवमा पशुपति पाण्डे निर्वाचित भए। निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको छ। जसमध्ये झण्डैं ५२ प्रतिशत मत ३ हजार ७ सय ११ मत ल्याई शाह दुई बर्षका लागि अध्यक्षमा विजयी भएका हुन्।

उनीसँग चुनाव लडेका सूर्य लम्सालको  १ हजार ७ सय ९७ मत ल्याएका छन भने अर्का उम्मेद्‍वार संजय थापाको १ हजार ५ सय ५४ मत आएको छ।

साहको समूहबाट चुनावमा होमिएका पदाधिकारी सबैं विजयी भएका छन्। जसमा वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे २ हजार ९ सय ४९ मत ल्याई विजयी भए। अर्का उम्मेद्वार अमृत सापकोटाको २ हजार ६ सय १६, नारायण कंडेलको १ हजार १ सय १२ र इन्दिरा त्रिपाठीको ३ सय ३ मत आएको थियो।

यसैगरी महासचिवमा ३ हजार ४२ मत ल्याई पशुपति पाण्डे विजयी भए। क्षेत्रीय उपाध्यक्षहरुमा मिड वेष्टवाट ३ हजार  ५ सय २ मत ल्याई बुद्धी सुवेदी विजयी भए भने  नर्थ इष्टवाट ३ हजार ५ सय १९ मत ल्याई बाबुराम लामा, साउथवाट ४ हजार ६ सय ३९ मत ल्याई कृष्ण जिवी पन्त र वेष्टवाट ३ हजार ७ सय ८७ मत ल्याई सर्वज्ञ वाग्ले विजयी भए।

यसैगरी सचिवमा ३ हजार  ३ सय ३५ मत ल्याई अमृत बाबु कट्टेल विजयी हुँदा प्रतिष्पर्धी भानु खरेलको ३ हजार २ सय ६२ मत आएको थियो। यस्तै कोषाध्यक्षमा २ हजार ६ सय ७१ मत ल्याई नेत्र प्रसाद पोखरेल विजयी भए। सहकोषाध्यक्षमा ३ हजार ८ सय ६५ मत ल्याई सन्तोष कुमार विष्ट विजयी हुँदा ३ हजार ९ सय ४५ मत ल्याई महिला संयोजकमा दिक्षा बस्नेत र ३ हजार ५ सय ५० मत ल्याई विनोद रुवाली युवा संयोजकमा विजयी भए।

यसैगरी १२ जना बोर्ड अफ डाइरेक्टरहरुमा सत्यनारायण चौधरी (२,११५), धरम विश्वकर्मा (२,०५९),दुर्गा प्रसाद श्रेष्ठ (१,८७०), रामहरी खड्का (२,१३९), छत्रा गुरुङ (२,३६५), खिम विक्रम भट्टराई (२,०२३), अम्मर वि छन्त्याल (१,८७६), चेतप्रसाद पौडेल (२,१०७),जीवन कुमार जोशी (२,०२६),पदम बहादुर ठकुराठी(२,२४६), वासुदेव अधिकारी(२,१२१) र तिलव केसी (१,९१८) मत ल्याएर विजयी भए।

यस्तै ६ जना आइसिसी सदस्यहरुमा शंकर खड्का(२,९९८), तृष्णा शर्मा(३,९७५),जेदुनाथ पोखरेल(३,९८९),शिवराज पौडेलद(३,२५५),होमनाथ गौतम (३,२९८) र स्वरात खाती(४,२४७) मत ल्याएर निर्वाचित भएका छन्।

 

 

प्रकाशित: ६ जेष्ठ २०७६ १२:२८ सोमबार

एनआरएन निर्वाचन