प्रवास

नागोयामा नेपाल फेस्टिवल हुने

काठमाडौं- जापानको तेस्रो ठूलो शहर नागोयामा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ। नेपालको पयर्टन प्रवर्द्धन तथा नेपाली कला र संस्कृति पहिचान गर्ने उद्देश्यले नागोया शहरमा पहिलो पटक नेपाल फेष्टिबलको आयोजना हुन लागेको हो।

बिहिबार बसेको नेपालीहरुको एक भेलाले एनआरएनए जापानका पूर्व अध्यक्ष तथा एनआरएनए आइसीसी एसिया प्यासिफिक उपसंयोजक पारसमणि पोख्रेलको संयोजकमा मुल आयोजक समिति गठन भएको गरेको छ। ६१ सदस्यीय समितिको उपसंयोजकमा याम खत्री रहेका छन् ।

‘आगामी जुन महिनाको १५ र १६ मा हुने दुई दिने फेष्टिबलको माध्यमबाट  पृथक रूपमा नेपालको प्रवर्द्धन गर्ने योजनामा रहेका छौं’,संयोजक पारस मणि पोखरेलले नागरिक न्युजसंग भने ,‘नेपाल भ्रमण वर्ष २०२० सफल पार्न फेस्टिबलले केही हद सम्म योगदान पुर्याउँछ।‘

नेपाल भ्रमण वर्ष २०२० को संघारमा आयोजना हुन गैरहेको फेष्टिबल आइचि केन कै मुटु नागोयाको साकाया शहरमा रहेको कारण त्यहाँ जापानीहरुको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित: २ चैत्र २०७५ ११:३६ शनिबार

जापान फेस्टिवल