प्रवास

एनआरएनको छैटाैं एशिया प्यासिफक सम्मेलन शनिबारदेखि

काठमाडाैं- सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न गैरआवासीय नेपाली सङ्घको एशिया प्यासिफिकको छैटाैं क्षेत्रीय सम्मेलन शनिबारदेखि हङ्कङमा शुरु हुने भएको छ। 

सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहने सङ्घका प्रवक्ता भूषण घिमिरेले जानकारी दिए। सम्मेलन आइतबार घोषणापत्र जारी गर्दै समापन हुनेछ। सङ्घले साना तथा मझौला व्यवसायमा लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेराप्रति विशेष छलफल हुने जनाएको छ। सम्मेलनलाई कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणी खनालले सम्बोधन गर्नेछन्। 

यस्तै सङ्घका पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचनलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वसहित ३५० को सहभागिता रहनेछ। 

प्रकाशित: २१ मंसिर २०७५ १४:०३ शुक्रबार

गैरआवासीय_नेपाली_सङ्घ एशिया_प्यासिफिक_सम्मेलन