प्रवास

मलेसियामा नेपाली मजदुरको मृत्यु

दार्चुला–मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको मलेसियामा मृत्यु भएको छ। तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामी बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ।

धामी एक होटल नजिकै मृत फेला परेका थिए । मृत्यु के कसरी भयो भन्नेबारे अहिलेसम्म केही खुल्न नसकेको मृतकका काका धरमसिंह धामीले बताए। घर परिवारको एक मात्रै सहारा धामीको मृत्युले परिवारजन शोकमग्न भएका छन् । धामीका ८ र ४ वर्षीय दुई छोरा र तीन वर्षीय छोरी छन्। 

छोरी जन्मेपछि विदेशमा धन कमाउने अभिलाषा लिएर गएका धामीको मृत्युको खबरपछि पुरै गाउँ शोकमा डुबेको स्थानीय लोकेन्द्रसिंह धामीले बताए। मृतकको शव नेपाल ल्याउनको लागि पहल सुरु गरिएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०७५ ०६:०६ शुक्रबार

रोजगारी मलेसिया मृत्यु