प्रवास

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा नयाँ नेतृत्व

अमेरिका- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सियाटलमा सम्पन्न छैठौ अधिवेशनले सुदिप पन्तको नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पन्तको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विकासराज न्यौपाने, महासचिव किरण मरहठ्ठा, सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ रहेका छन्।

त्यसैगरी पूर्व क्षेत्रमा कल्पना घिमिरे, पश्चिम क्षेत्रमा गोकुल ढकाल, मध्यक्षेत्रमा रामचन्द्र भट्ट, डिसी महानगर क्षेत्रमा लिला ओझा ढकाल र सदस्यहरुमा शेर बहादुर केसी बाबुराम खरेल र निदेश अधिकारी चयन भएको निर्वाचन समितिका संयोजक तारा बरालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

हिजो अमेरिकाको सियाटलमा शुरु भएको उद्घाटनमा आज नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सकिएको हो। अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले उद्घाटन गरेका थिए।

प्रकाशित: ७ श्रावण २०७५ ११:५२ सोमबार

नेपाल अमेरिका पत्रकार संघ नेजा नेतृत्व