प्रवास

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन

काठमाडौं– युवाहरुको आधुनिक सोचलाई व्यवसायिक मोडेलमा रुपान्तरण गर्ने उद्देश्यले ग्लोबल इन्टरप्रेनरशीप बुटक्याम्पले जकार्तामा तेस्रो चरणको विश्व उद्यमी सम्मेलन गरेको छ। ३५ राष्ट्रका १६० भन्दा बढि युवा सहभागी उक्त सम्मेलनमा व्यवसायका विभिन्न नयाँ मोडेलबारे अन्तरक्रिया भएको थियो।

१७ जना प्रसिद्धवक्ता सहभागी उक्त सम्मेलनमा उद्यमशिलताको विकास, आधारभूत माध्यम एवं उद्यमीलाई उत्प्रेरणा दिने विषयबारे छलफल भएको बुटक्याम्पकी महाप्रबन्धक पार्शु अर्यालले जानकारी दिइन।

कार्यक्रममा एमआइटी अमेरिका प्राध्यापक.राजेश नायर, फोब्र्स ३० अन्डर ३० का मिजानुर रहमान किरोन र लियोनिका सारी, सोका बिश्वविद्यालय जापानका प्रा.डा. ताकेशी मियाजाकी, वोल्ड ईकोनोमिक फोरमका डा. रिनाड शिउ, जस्ट ईट युकेका अर्बपती अस अलि, सिङ्गापुर टेलिकमका निर्देशक डोनाल्ड चाँग, ईन्डोनेशियाका अर्बपती आन्ड्रियन लिम, डेबिड शोकासिङ्गलगायतले कार्यक्रममा आफ्ना अनुभव सुनाउँदै उद्यमशिलता विकासका लागि विभिन्न सुझाव दिएका थिए।
चार दिनसम्म चलेको उक्त सम्मेलनले युवाहरूको व्यवसायिक सोचलाई मोडेलमा रुपान्तरण गर्न कोशेढुंगा सावित भएको  संस्थाका अध्यक्ष खगेन्द्र आचार्यले बताए । आगामी सम्मेलन भियतनामको हानोईमा हुने जनाइएको छ। कार्यक्रमका केही झलक। तस्बिर सौजन्य: खगेन्द्र आचार्य

इण्डोनेशियामा जीईबीको विश्व उद्यमी सम्मेलन