प्रवास

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो

थाइल्याण्ड – दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुन्द्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या २१ पुगेको छ। 

सो डुङ्गामा दर्जनौँको संख्यामा चिनियाँ पर्यटक सवार रहेका बताइएको छ। यसअघि सिन्ह्वा समाचार समितिले दिएको समाचारमा करिब १४८ जना व्यक्ति सवार रहेका जनाएको थियो। 

तर एएफपी समाचार समितिमा यस डुङ्गामा १०५ व्यक्ति सवार रहेको जनाएको छ। एएफपीका अनुसार यसमा ५६ जना व्यक्ति अझै बेपत्ता रहेका छन्। 

डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ। अझै पनि यस दुर्घटनाको पूर्णविवरण भने आइसकेको छैन।

प्रकाशित: २२ असार २०७५ १२:५४ शुक्रबार

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुग्यो