प्रवास

दुबईमा भेट्टाएको १ लाख १८ हजार डलर फिर्ता गर्ने नेपाली सम्मानित

काठमाडौं– दुबईमा एक नेपाली कामदारले कफी सपमा फेला पारेको लाखौं रुपैयाँ फिर्ता गरेका छन्। 

दुबई पुलिसका नायव निर्देशक क्लाेनेल अकिल मुहम्मद अलीका अनुसार स्टारबक्स कफी सपमा कार्यरत झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलरसहितको झोला प्रहरीमार्फत फिर्ता गरेका हुन्। 

उक्त झोलामा नगदसहित केही राहदानी, परिचयपत्र र बैंकका कार्डहरु रहेको र मिरनले अल वर्षा पुलिस स्टेसनमा बुझाएको दुबर्इस्थित खलिज टाइम्सले जनाएकाे छ।

यो रकम नेपालमा करिब १ करोड १८ लाख रुपैयाँ हुन आउँछ।

दुबई पुलिसले मिरनको इमान्दारिताको सम्मान गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ। दुबई पुलिसद्धारा सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मिरनले आफ्नो इमान्दारिताको दुबई पुलिसले प्रशंसा गरेको भन्दै धन्यवाद दिएका छन्। 

प्रकाशित: ९ जेष्ठ २०७५ १०:५३ बुधबार

दुबईमा भेट्टाएको १८ डलर गर्ने नेपाली सम्मानित