प्रवास

महावीर पुनलाई जापानमा सम्मान

जापान-संचार तथा प्रविधि विज्ञ एबम् अनुसन्धानबिद् डा. महावीर पुन जापानमा सम्मानित भएका छन्। पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा  ईन्फर्मेशन सोसाईटी डे’को अवसरमा विहिबार अन्तराष्ट्रिय  टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा  टोकियोमा भएको ग्लोबल समिटमा सम्मान गरिएको हो। पुन नेपालको संचार क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै आइटीयु एजे अवार्डद्वारा सम्मानित भएका हुन्।

पुन नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानीय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित  भईसकेका छन्।

 

प्रकाशित: ५ जेष्ठ २०७५ ०८:३५ शनिबार

महावीर पुनलाई जापानमा सम्मान