प्रवास

जापानमा लगानी सेमिनार हुने

टोकियो- जापानको तेस्रो ठूलो शहर नागोयामा लगानी सेमिनार आयोजना हुने भएको छ। नेपालमा पर्यटन तथा औधोगिक लगानी भित्र्याउने उदेश्य सहित जापानी लगानीकर्ताहरुलाई लक्षित गरेर नागोयामा बिशेष कार्यक्रम हुने भएको हो। एनआरएनए  जापान पूर्व अध्यक्ष तथा एनआरएनए एसिया प्यासिफिक का वर्तमान उपसंयोजक समेत रहेका पारसमणि पोखरेल को विशेष पहलमा हुन लागेको कार्यक्रममा जापानी उद्योगपति , स्थापित ब्याबसायीहरु , युवा उद्यमीहरू , रोटरीका पूर्व गवर्नर , शहरका मेयरको समेत उपस्थिति रहने जनाइएको छ।

 नेपाल गैसकेका जापानीहरुको अनुभव सुनाइने  अनि उनीहरुले खिचेका तस्बिरको समेत प्रदर्शनी गरिने कार्यक्रम रहेको कार्यक्रमका उप-संयोजक पारसमणि पोखरेलले नागरिकन्युजलाई बताए।  कार्यक्रम मा नेपालको पर्यटन , नेपाल मा लगानी र सम्भावना , नेपाल जापान सम्बन्ध अनि नेपालमा जाइकाले गरेका कार्यको कार्यपत्र समेत प्रस्तुत गरिने छ भने कार्यक्रम जापानी युवा उद्धमी ले संचालन गर्ने छन।  

   नेपालमा पर्यटन तथा  लगानीको सम्भावना प्रचुर छ भन्ने बुझाउन र जापानीहरुलाई नेपालबारे चिनाउदै लगानी गर्न उत्प्रेरित गर्ने उदेस्यले कार्यक्रम गर्न लागिएको कार्यक्रमका उपसंयोजक पारस मणि पोखरेलले बताए। कार्यक्रमको संयोजन भने नागोया सिटीका पूर्व उपमेयर तथा नेपालका तर्फबाट आइची प्रिफेक्चर जापानका पर्यटन दुत सुजुकी कात्सुहिसाले गरेका छन्। 

  कार्यक्रम मे १८ तारिक शुक्रबार को दिन आइची प्रिफेक्चर को ओबु सिटी हल मा साँझ ६ बजे बाट हुने भएको छ।  नेपाली बाजा सारंगी को प्रस्तुति र एक नेपाली संस्कृति ढल्किने नृत्य बाट जापानीहरु लाइ स्वागत गर्ने कार्यक्रम रहेको कुरा उपसंयोजक पोखरेलले  जानकारी दिए।

 कार्यक्रमलाइ एनआरएनए आइसीसी एसिया प्यासिफिक को आयोजना तथा नेपाल पर्यटन बोर्ड , नेपाली राजदुतवास टोक्यो अनि जापानी युवा उद्यमी समूहले सहयोग गरेको छ।


 

प्रकाशित: १५ वैशाख २०७५ ०८:४३ शनिबार

जापानमा लगानी सेमिनार हुने