प्रवास

मार्चको तेस्रो साता थाइल्याण्डमा दोश्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने

आगामी मार्चको तेस्रो साता थाइल्याण्डमा दोश्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने सम्मेलन बैंककमा आगामी मार्चको १५ देखि १६ सम्म हुने भएको हो ।

काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने अन्तर्राष्ट्रिय युवा सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिइएको थियो । सम्मेलनले नेपाली प्रवासी युवा, पिएनओज् र नेपालका स्थानीय युवाहरू बीच साझेदारी स्थापना गर्ने, युवामा सशक्तिकरण र नवप्रवर्तनको संस्कृतिलाई प्रेरित गर्नका लागि संघर्ष अनि सफलताका कथा र सिकाइहरूको आदान–प्रदान गर्ने साझा मञ्च प्रदान गर्ने अपेक्षा राखिएको छ।  

सम्मेलनको मूल समारोह समिति युवा उपाध्यक्ष रोशन थापाको संयोजकत्व तथा पिएनओज् विभागका ईन्चार्ज तथा उपाध्यक्ष रामशरण सिमखडाको निर्देशाकत्वमा तयारीसमेत सुरु भइसकेको छ ।

सम्मेलनले नेपाली प्रवासी युवाहरू र नेपालका स्थानीय युवाहरूबीच मजबुत सम्बन्ध स्थापना गर्दै  शिक्षा, रोजगारी र सामुदायिक विकासमा केन्द्रित सहकारी परियोजनाहरू निर्माण गर्न मद्दत पुर्याउने, युवा बेरोजगारी, सीप विकास, र सुरक्षित आप्रवासन जस्ता महत्वपूर्ण समस्याहरू समाधान गर्न कार्यात्मक योजना प्रस्तुत गर्ने, सशक्त युवाहरूको नेटवर्क निर्माण गर्न सहयोग पुर्याउने अपेक्षा राखिएको छ ।

यसैबीच मार्चको १८ देखि १९ सम्म कम्बोडियामा १० औं एसिया९प्यासिफिक क्षेत्रीय सम्मेलनको  आयोजना हुँदैछ । यसपटक संघले एसिया(प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ुसंगमु नामाकरण गरेको छ । उक्त अवसरमा समृद्ध राष्ट्रको लागि गैरआवासीय नेपालीकोहरुको भूमिका, गैरआवासीय नागरिकताको पूर्ण कार्यान्वयन, पिएनओज्का माग, लगानी, पर्यटन, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागि महिला सशक्तीकरण एवं लैगिंक समानता साथै गैरआवासीय नेपाली अभियानले उठान गरिरहेका मुद्दाहरुबारे चर्चा हुनेछ ।

सम्मानजनक वैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा कोषमा प्रभावकारी आबद्धता, प्रवासबाट मताधिकार  जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र  उक्त महादेश भित्रका विभिन्न एनसीसीहरुको सिकाई, अनुभव र आपसी सहकार्यका बिषयहरुको पहिचान गर्दै अघि बढ्न सहयोग मिल्ने गरी कार्यक्रम तय गरिएको छ ।

दुवै सम्मेलनमा नेपाल सरकारको प्रतिनिधि तथा सम्बन्धित देशका सरकारी प्रतिनिधि एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्व अध्यक्षहरु, एनआरएनए अग्रज तथा अभियन्ता एवं एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, यूरोप, अमेरिका, ओसियाना, अफ्रिका तथा मध्यपुर्वका  देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधिहरु सहभागी हुने एनआएनएले जनाएको छ । 

प्रकाशित: २८ पुस २०८१ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App