प्रवास

अमेरिकामा भयानक कार दुर्घटना, दुई नेपाली युवाको घटनास्थलमै मृत्यु

अमेरिकाको भर्जिनिया राज्यको च्यान्टिलीमा कार दुर्घटनाहुँदा दुई नेपाली युवाको मृत्यु भएको छ। 

दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन्। शुक्रबार सबेरै भएको दुर्घटनामा रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको मृत्यु भएको एनबीसी वासिङ्गटन डटकमले जनाएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार तिब्र गतिमा रहेको फोर्डको मुस्ताङ्ग कार सडक नजिकैको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो। चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ। चालक विजय तामाङ्ग र मोहन श्रेष्ठ घाइते भएका हुन्। दुवैको अवस्था सामान्य रहेको बताइएको छ।  

कारचालक ३० वर्षीय   तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि दुई जनाको हत्या अभियोगमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ। कारमा चारजना सवार थिए। प्रहरीका अनुसार चालक तामाङ्गले अत्याधिक मदिरा सेवन गरेका थिए।

प्रकाशित: ८ मंसिर २०८१ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App