प्रवास

जापानमा २१ औँ 'एनआरएनए डे' मनाइयो

गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले विजया दशमीको शुभकामना आदान प्रदान सहित '२१ औं एनआरएन डे' मनाएको छ।

एनआरएन डे, नेपालीहरूको महान् पर्व बडा दसैँ, दीपावली, नेपाल संम्वत, छठ लगायतका ठूला पर्वहरूको उपलक्ष्यमा एनआरएन जापानले सोमबार टोक्यो को ओदाईबामा वनभोज सहित शुभकामना आदान(प्रदान कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख हरिहरकान्त पौडेल, एनआरएन आइसीसीका उपाध्यक्ष रोबिन शेरचन, जापान भ्रमणका क्रममा रहेका गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बाबुराम ज्ञवाली लगायतले एनआरएन डे, बडा दसैँ, दीपावली, नेपाल संम्वत, छठ लगायतका पर्वहरूको उपलक्षमा शुभकामना व्यक्त गरेका थिए। सो अवसरमा केक काटेर सबै पर्वहरूको उपलक्ष्यमा एकमुष्ट खुसीयाली मनाइएको थियो।

एनआरएन जापानका अध्यक्ष नविन सिउरेको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव टिकाराम खरेलले गरेका थिए।

कार्यक्रमको अन्तमा, समापन मन्तव्य राख्दै अध्यक्ष निउरेले 'एनआरएन डे' लगायत सबै पर्वहरूको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुका साथै विभिन्न भूमिकामा रहेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्बन्धित सबैप्रति धन्यबाद ज्ञापन गरेका थिए।

कार्यक्रममा जापानमा क्रियाशील विभिन्न नेपाली सङ्घसंस्थाका प्रतिनिधि, एनआरएन अभियन्ता, व्यवसायी, विद्यार्थी,सञ्चारकर्मी तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

प्रकाशित: ३० आश्विन २०८१ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App