प्रवास

एनआरएनएद्वारा दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दक्षिणकाली नगरपालिकाका बाढीपिडीत राहत वितरण गरेको छ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार संघका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालीका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको हो।

संघले ५० परीवारलाई करिब एक महीना पुग्ने खाध्य सामाग्री र लत्ता कपडा सहित टेन्ट वितरण गरेको थियो।

काठमाण्डौंको दक्षिणकाली नगरपालीका क्षेत्रमा बाढी तथा डुबानका कारण प्रभावितहरुलाई गैरआवासीय नेपालीसंघको तर्फबाट राहत वितरण गर्न संघको केन्द्रीय पदाधिकारी तथा बिभिन्न देशबाट नेपाल पुगेका गैरआवासीय नेपालीहरु बाढी प्रभावित क्षेत्रमा पुगेका थिए।

अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघको तर्फबाट गएको टोली उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, आइसीसी सदस्यहरु हेमन्त काफ्ले, राजकुमार थापा, सल्लाहाकार अतुल कोइराला, पूर्व डिआरसी धर्मराज गिरी, एनआरएन अभियन्ताहरु, गैरआवासीय नेपाली संघका पूर्व महासचिव रतन झा र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत लगायत रहेका छन्।

प्रकाशित: २० आश्विन २०८१ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App