प्रवास

मुम्बईमा ‘मुक्तिनाथ फाउन्डेसन’ स्थापना

धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यका साथमा भारतको मुम्बई मा ‘मुक्तिनाथ फाउन्डेसन’ स्थापना भएको छ। 

गत मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन उक्त संस्था स्थापना भएको हो। मुम्बई को खडबडेश्वसर मन्दिरमा धार्मिक कार्यक्रम गरी फाउन्डेसनको औपचारिक स्थापना गरिएको हो। उत्कृष्ट समाजको नामबाट पहिचान बनाएको संस्थाको मूलतः समाजमा भाइचारा कायम गर्दै धर्म संस्कृति, संस्कार र इतिहासप्रतिको आस्था र निष्ठालाई सम्मान गर्नु रहेको छ।

मुम्बईमा रहेका नेपालीबासी र त्यहाँका स्थानीयको अगुवाइमा स्थापना भएको संस्थाको मुख्य उद्देश्य भनेको आफ्ना सुःख/दुःख एक अर्कामा बाड्नुका साथै सबैलाई मान व्यवहार र सम्मान गर्नु रहेको संस्थाका सदस्य तथा नेपाली नागरिक समाज मुम्बई का संस्थापक किशोर शर्माले नागरिक दैनिकलाई जानकारी दिए।

धर्म, संस्कार र संस्कृति लगायतका प्रमुख परम्परालाई अघि बढाउँदै समाजका सुख÷दुख एक आपसमा साट्ने र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने संस्थाको मुख्य उद्देश्य रहेको शर्माको भनाई छ।

मुम्बई र भारतमा स्थापनामा भएका संस्थामध्ये मुक्तिनाथ फाउन्डेसन भिन्न किसिमको रहेको उनी बताउँछन्। मुक्तिनाथ फाउन्डेसनले विभिन्न पदाधिकारी तथा सदस्य समेत तोकेको छ।

प्रकाशित: २७ वैशाख २०८१ १४:३४ बिहीबार