प्रवास

मलेशियामा एक नेपालीको मृत्यु

दमक–  झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ।

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो। सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो।

तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए।

प्रकाशित: १८ माघ २०७४ ०४:४७ बिहीबार

मलेशियामा नेपालीको मृत्यु