प्रवास

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिबार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। एक अद्यावधिक प्रतिवेदनमा संस्थानले भूकम्प राति १०ः३७ बजे गएको हो।

हिनाटुआन सहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रविन्दु बनाएर गएको हो। भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो। क्षतिबारे विवरण आएको छैन। संस्थानले दुई सयभन्दा बढी परकम्प गएको बताएको छ। पाँच देखि ६ म्याग्निच्युडको परकम्प गएको बताइएको छ। –सिन्ह्वा

प्रकाशित: १७ मंसिर २०८० ०५:४४ आइतबार

दक्षिणी फिलिपिन्स ७.४ म्याग्निच्युडको भूकम्प