प्रवास

भारतको दक्षिण राज्यमा आगलागी, पाँचको मृत्यु

नयाँ दिल्ली –  भारतको दक्षिण राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच जना व्यक्तिको ज्यान गएको छ । 

भारतिय अधिकारीहरुका अनुसार घटनामा मारिएका व्यक्तिहरुको परिचय खुलेको छ । उनीहरु सोही रेष्टुरेन्टको बारमा कार्यरत कामदारहरु भएको र आगलागी भएको अवस्थामा उनीहरु निदारहेका थिए । 

सोमबार विहान सवेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बारमा आगालागी सुरु भएको प्रंहरी अधिकारीले जानकारी दिएका छन । 

धेरै घण्टापछि आगलागीलाई नियन्त्रणमा लिइएको र शवलाई पोष्ट मार्टनको लागि अस्पतालमा लगिएको छ ।  गएको हप्ता पनि मुम्बइको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको थियो भने अन्य २० घाइते भएका थिए । (रासस/सिन्ह्वा)

 

प्रकाशित: २४ पुस २०७४ ०८:१९ सोमबार

भारतको दक्षिण राज्यमा आगलागी पाँचको मृत्यु