प्रवास

माओवादी प्रतिनिधि र चिनिया कम्युनिस्ट पार्टीका एसिया महानिर्देशकसँग भेटवार्ता

काठमाडौं- चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागअन्तर्गत एसिया व्यूरोका महानिर्देशक युआन चिपिङसँग भेट गरेका छन्। माओवादीका पोलिटव्यूरो सदस्य तथा विदेश विभागका सचिव युवराज चौंलागाईले नेतृत्व गरेको टोलीलाई महानिर्देशक युआन बेइजिङबाट कुन्मिङस्थित नेपाली प्रतिनिधि मन्डल बसेको होटलमा पुगेका थिए।

भेटमा युआनले नेपालको राजनीतिक परिवर्तनमा माओवादी पार्टीले खेलेको भूमिकाको चीनले उच्च प्रशंसा गरेको बताए। उनले चिनिया कम्युनिष्ट पार्टीको नेकपा (माओवादी केन्द्र)सँग संसारकै अरु कुनै पार्टीहरुको भन्दा बैग्लै र विशेष सम्बन्ध रहेको बताए।

उनले भने ‘माओवादी पार्टी र चिनिया कम्युनिस्ट पार्टीबीच माया र कमरेडको गहिरो सम्बन्ध छ। जुन संसारका अरु कुनै पार्टीको भन्दा अगल र विशेष छ।'

उनले माओवादीलाई एक नम्बर महत्वमा राखेको जानकारी गराए।

प्रकाशित: १४ मंसिर २०७४ १४:१६ बिहीबार

माओवादी प्रतिनिधि चिनिया कम्युनिस्ट पार्टीका एसिया महानिर्देशकसँग भेटवार्ता