प्रवास

टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार

टोकियो–नेपालमा जापानी लगानी भित्र्याउने मुख्य उद्देश्य सहित टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार सम्पन्न भएको छ। जापान नेपाल बिजनेस चेम्बर अफ कमर्शको आयोजनामा बुधवार टोकियोको दाईइची होटेलमा आयोजित सेमिनारमा जापानका ४८ वटा प्रतिष्ठित कम्पनीका प्रतिनिधि सहभागी थिए।

कार्यकममा जापानका प्रसिद्ध महिला पूर्व संसद इवाई नोबुकोले नेपालको आर्थिक विकासका लागि जापान र नेपाल सरकारले व्यापार तथा प्रविधिमा सहकार्य गर्नुपर्ने बताइन्।

दुई सेसनमा आयोजित कार्यक्रमको पहिलो सेसनमा जाइकाका दक्षिण एशिया निर्देशक नाकाजावा केईइची, जापान नेपाल फ्रेन्डसिप पार्लियामेन्ट लिगका उपाध्यक्ष संसद साइतो तेचुओ, जापान नेपाल बिजनेस चम्बर अफ कमर्शका अध्यक्ष देजिमा योसिनोबु,जेट्रोका एशिया निर्देशक शुजुकि ताकेसी, नेपाली राजदुताबासका उप-नियोग प्रमुख कृष्णचन्द्र अर्याल, लगायतले आ-आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा जापान नेपाल बिजनेस चम्बर अफ कमर्शका अध्यक्ष देजिमा योसिनोबुले जापान र नेपालको ब्यापारिक सम्बन्धलाई पहिलो प्राथमिकता राखेर अघि बढ़न सके दुवै देशलाई आर्थिक फाईदा पुग्ने बिचार व्यक्त गरे। कार्यक्रममा टोकियो कृषि विश्वविद्यालय, एग्रि बिजनेस बिभागमा पोस्ट डाक्टर रिसर्चरका रूपमा कार्यरत डा. एबिन कुँवर ले 'नेपालमा कृषि व्यवसायको सम्भावना' बिषयमा प्रस्तुति दिएका थिए। उनले नेपालको समग्र कृषि क्षेत्रकॊ अवस्था, समस्या र लगानीको सम्भावनाका बारेमा सहभागीहरूलाई जानकारी गराए।

अन्तराष्ट्रिय अधिवक्ता समेत रहेका कार्यक्रमका संयोजक बलराम श्रेष्ठले विदेशी लगानी सन्दर्भमा नेपालको कानुनी अवस्थाबारे प्रस्तुति दिएका थिए। उनले नेपालमा लगानी गर्न सकिने क्षेत्रहरु, हाल नेपालमा सफल बिदेशी कम्पनीहरु एवम् जापानका नेपालमा लगानीरत कम्पनीहरुको अवस्था र आगामी सम्भावित ठूला लगानीका क्षेत्रबारे प्रस्ट्याएका थिए।

कार्यकमको  दोस्रो सत्रमा जापानका लागि नेपाली राजदुत प्रतिभा राणा सहभागी भएकी थिइन्। कार्यक्रममा राजदूत राणाले जापान नेपालको धेरै पुरानो र नेपालको प्रमुख सहयोगी राष्ट्र भएको भन्दै हाल नेपालमा लगानी गर्ने वातावरण अनुकुल रहेको उल्लेख गरिन्।

कार्यकममा जापानका प्रसिद्ध महिला पूर्व संसद इवाई नोबुकोले नेपालको आर्थिक विकासका लागि जापान र नेपाल सरकारले व्यापार तथा प्रविधिमा सहकार्य गर्नुपर्ने बताइन्। कार्यक्रममा जापानमा लामो समयदेखि व्यापार गर्दैआएकी नेपाली महिला ब्यापारी सुजिकी इन्दिराले सरकारी नीतिहरू बैदेशिक लगानीमैत्री बनेकोले लगानीको लागि नेपाल सुरक्षित मुलुक भएको कुरा सहभागीलाई जानकारी गराइन्।

प्रकाशित: २९ भाद्र २०७४ ०९:५५ बिहीबार

टोकियोमा जापान-नेपाल बिजनेस सेमिनार