प्रवास

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

टेक्सास-नेपालको सुदुरपश्चिम क्षेत्रबाट अमेरिकाको टेक्सास आई बसोबास गर्ने नेपाली समुदायले टेक्सासको नेपाली मन्दिरमा गौरा पर्व र देउडा नाच भव्यतापुर्व सम्पन्न गरेका छन्। गौरा पर्व र देउडा नाच सुदुरपश्चिम समाज टेक्सासको आयोजनामा सुदुरपश्चिमवासीले निकै महत्वका साथ मनाउने गर्दछन्।

नेपाली पशुपति मन्दिरमा एक भव्य गौरा पर्वमा देउडा नाच सम्पन्न भएको हो। नेपालको सुदूरपश्चिममा मनाइने गौरा पर्व अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिभिन्न कार्यक्रमसहित मनाइएको सुदुरपश्चिम समाजले जानएको छ।

बिहानैदेखि शुरु गौरा पर्वमा शुरुमा सुदुरपश्चिम झल्किने बृतचित्र प्रस्तुति गरिएको थियो भने मन्दिरमा सत्यनारायणको पुजा गरिएको थियो। मन्दिर परिसरमा सुदुरपश्चिम झल्किने विविध झाँकीहरु प्रस्तुत गर्दै र सजाइएको थियो। कार्यक्रममा शिव गौरीको पुजा गर्दै कार्यक्रममा उपस्थित सबैलाई बिरुडा भोजन गराइएको थियो। सो कार्यक्रमले आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षणका लागि सहयोग पुग्ने भएकाले बर्षैपिच्छे यस्ता कार्यक्रम आयोजना गरिने हरिष उपाध्यायले नागरिकन्यूजलाई बताए।

प्रवासमा रहे पनि हामी आफ्नो पहिचानलाई नर्विसियोस भन्नाका लागि भावी सन्ततिले थाहा पाउन भन्नाका खातिर सुदुरपश्चिम समाज टेक्सासले यस्तो कार्यक्रम संयोजन गर्दै आएको उपाध्यायले बताए। पुजाआजा कार्यक्रमपछि महिला र पुरुष दुई समुहले नाच गान गरेका थिए ।

लोकप्रिय गौरा पर्वको सम्झनामा प्रवासमा हुर्किरहेका आफ्ना बालबालिकाहरुमा सुदूरपश्चिमको संस्कृतिको हस्तान्तरण गर्न यो कार्यक्रमलाई निरन्तरता दिइएको समुदायका अगुवाहरूको भनाइ छ। नेपालको सूदुरपश्चिमबाट आएर ड्यालस फोर्थवर्थमा बसोवास गरिरहेका सूदुरवासीहरुको सकृयतामा यो चाड मनाउने गरिएको छ ।

प्रकाशित: २१ भाद्र २०७४ ०४:११ बुधबार

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा