प्रवास

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर ५ र ६ मा

टेक्सास— एनआरएन अमेरिकाको स्थगित निर्वाचन सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार हुने भएको छ। निर्वाचन समितिले हिजो राती अबेर सुचना जारी गर्दै निर्वाचनको मिति सार्वजनिक गरेको हो। यसअघि अध्यक्षका उम्मेदार गौरी जोशीले आफूलाई उम्मेदवार बन्न रोकेको भन्दै टेनेसी अदालतमा दायर गरिएको मुद्दा गत हप्ता फिर्ता लिएपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया शुरु गरेको हो। 

'गत बुधवार अदालतबाट पत्र प्राप्त भयो यसपछि हामीले सम्भव भएसम्म छिटो निर्वाचन मिति तय गरेका हौँ' निर्वाचन समिति संयोजक वन्दिता शर्मा दाहालले भनिन्।

यो निर्वाचनमा मतदाताले आफू बसेको स्थानबाट अनलाईन मतदान गर्न पाउने छन्। एनआरएन अमेरिकाका करिब १५ हजार मतदाता छन्। एनआरएन अमेरिका र च्याप्टरमा गरी दुई सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। केही च्याप्टरमा र्नििरोध समेत भइसकेको छन्। अमेरिकी एनआरएनलाई सेप्टेम्बर १५ सम्म निर्वाचन गरिसक्नु पर्ने बाध्यता थियो, अन्यथा केन्द्रिय महाधिवेसनमा भाग लिन कठिनाई हुन सक्थो त्यसैले पनि छिटो निार्वचन प्रक्रिया गरिएको बताइएको छ। 

 

प्रकाशित: १६ भाद्र २०७४ ०५:५९ शुक्रबार

एनआरएन अमेरिकाको निर्वाचन सेप्टेम्बर