प्रवास

अमेरिकामा नेपाली युवकको मृत्यु

दिवंगत जयन्द्रदेब आचार्य

काठमाडौं—अमेरिकाको बोष्टनमा नेपाली युवक जयन्द्रदेब आचार्यको मृत्यु भएको छ। ३० वर्षीय उनको गए राति घरमै सुतिरहेको अवस्थामा हृदयघातबाट निधन भएको हो।

उनी बोष्टनस्थित फर्माक्युलेन्स इन्कमा सिनियर इन्जिनियरको रुपमा कार्यरत थिए। मृतक जयन्द्रदेब नेपाल टेलिभिजनका पत्रकार राजेन्द्रदेब आचार्यका एक मात्र पुत्र हुन्। अल्पायुमै परिवार सदस्य गुमानु पर्दा आचार्य परिवार शोकमा परेको छ।

प्रकाशित: २६ श्रावण २०७४ ०६:२८ बिहीबार

अमेरिकामा नेपाली युवकको मृत्यु