प्रवास

अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक सहयोग प्रदान

युएई- काभ्रे सेवा समाज युएईले एक लाख पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ। समाजले काठमाडौंको संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलाई एक लाख र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र बनेपालाई पच्चिस हजार  रुपैया आर्थिक सहयोग गरेको हो। 
  
अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगको लागि समाजले नेपाल नयाँ वर्षमा अर्थात् गत अप्रिल १४ तारिका दिन अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ सास्कृतिक कार्यक्रम गरेको  थियो।
 
समाजका सचिव जनक सापकोटा र कलाकार रिया श्रेष्ठले उक्त रकम संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र  प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्रमा पुगी सहयोग रकम हस्तान्तरण गरेका छन्।

'विगत १० वर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालनमा आएको छ,' समाजका महासचिव उत्तम विकले भने, 'बालबालिकाहरुको स्थिति भूकम्प पछिका दिनमा झनै बढी दयनीय बन्दै गएको देखेपछि हामीले उक्त रकम सहयोग गरेका हौं।' 
उनले आगामी दिनमा पनि समाजले यस्तै सामाजिक कार्यमा अग्रसर रहेर सहयोग गर्ने बताए। 
 

प्रकाशित: १२ श्रावण २०७४ ०९:०० बिहीबार

अपाङ्ग एकता अवाज केन्द्रलाई आर्थिक प्रदान