प्रवास

एनआरएनए स्पेनमा सापकोटा

एनअारएनए स्पेनको अध्यक्षमा विजयी सापकोटा

लण्डन—गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा बिजयी भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा सापकोटाले ५ सय १८ मत ल्याएर विजयी भए। अर्का प्रत्यासी गौतम गुरुङले ४ सय ७१ मत ल्याए। 

नव निर्बाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। करिब दुई दशक लामो स्पेन बसाईको क्रममा उनी सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

नेतृत्व चयनका लागि शनिबार पाईसभास्को बिल्बाउ र म्याड्रिडमा तथा आईतबार बार्सिलोना क्षेत्रमामा निर्बाचन सम्पन्न भएको थियो। नव निर्बाचित अध्यक्ष सापकोटा संघका संस्थापक सदस्य तथा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष समेत हुन्। करिब दुई दशक लामो स्पेन बसाईको क्रममा उनी सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

यस्तै उपाध्यक्षमा सुनिल रानाभाटले सर्वाधिक ५ सय ४३ मत तथा पेशल कुमार कोईरालाले ४ सय ५५ मत ल्याई बिजयी भएका छन्। उपाध्यक्षका अर्का दुई प्रत्यासी दिलनाथ भण्डारीले ३ सय १२ मत तथा रोशन पाठकले २ सय ७० मत प्राप्त गरे।

सचिवमा दिनेश कुमार गिरीले ५ सय ४२ मत र लोकबन्धु बस्नेतले ४ सय ९० मत ल्याई बिजयी बने। सचिवका अर्का प्रत्यासी तारानाथ अधिकारीले भने ३ सय ६६ मत प्राप्त गरेका छन्।

तीन पदका लागि चुनाव भए पनि अन्य पदहरुमा भने यस अघि निर्बिरोध बनेका थिए। महिला उपाध्यक्षमा सीता सिंह महर्जन, महासचिवमा कृष्ण प्रसाद भुसाल, कोषाध्यक्षमा विशाल ढुंगाना, युवा संयोजक रामचन्द्र पौडेल र महिला संयोजकमा ऋतु ढुंगाना रेग्मी निर्बिरोध बनेका हुन्।

यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश तिमिल्सिना, सन्तोष पौडेल, किरण चालिसे (प्रकाश), ज्ञानबहादुर बस्नेत, नेहा शर्मा कँडेल, उमेश पुरी, सानु राउत, हिरालाल सापकोटा (डायमण्ड), सरोज कँडेल,टिकाराम कंडेल (शास्त्री)  र पशुपति कडेल निर्बिरोध चयन भए।

 

प्रकाशित: ९ श्रावण २०७४ ०९:१८ सोमबार

एनआरएनए स्पेनमा सापकोटा