प्रवास

पत्रकार महासंघ युएईले अन्तर्क्रिया गर्ने

युएई - 'युएईमा नेपाली संघ संस्थाहरुको आगामी भूमिका र सहकार्य' भन्ने बिषयमा नेपाल पत्रकार महासंघ युएई शाखाले अन्तर्किया गर्ने भएको छ।  आगामी शुक्रबार जुलाई २१ गते युएईमा रहेका सबै संघ स्थाहरुबीच सहकार्य र एकता बढाउन महासंघले बरदुबईमा अन्तर्किया कार्यक्रम गर्न लागेको हो। 

पछिल्लो समय युएई सरकारले कुनै पनि संघ संस्थाहरु दर्ता नगरी संचालन गर्न नपाईने बताएको छ। नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले नागरीकन्युजसंग भने, 'हामीले युएईमा रहेका सबै नेपाली संघसंस्थाहरुको सहकार्य अझ बलियो बनाउन र एकाताबद्ध भएर अगाडी लैजान पहल गर्न खोजेका हौ।' 

बस्यालले  युएईको नेपाली समाजमा पत्रकार महांसघले खेल्दै आएको भूमिका र सहयोगको बिषयमा पनि नेपाली संघ संस्थाहरुलाई जानकारी दिने उद्देश्यले अन्तर्किया कार्यक्रम गर्न लागेको बताए। 

गत जुलाई ७ गते युएईमा सबैभन्दा पुरानो नेपाली संस्था नेपाली समाज युएईको १३ औ अधिवेसनमा हंगामा भएपछि केही संघ संस्थाहरुबीच मतभेद सिर्जना उत्पन्न भएको छ।  

महासंघले  गर्न लागेको अन्तर्किया कार्यक्रमबाट संबै संघ संस्थाहरुबीच पुन सहकार्य र एकता हुने महासंघको भनाई छ।

 

प्रकाशित: १ श्रावण २०७४ ०७:०५ आइतबार