प्रवास

जर्मनीमा पराजुलीको कविता कन्सर्ट

म्युनिखमा कविता वाचन गर्दै नवराज पराजुली

म्युनिख (जर्मनी)— जर्मनीको म्युनिख शहरमा शनिबार आयोजित कविता कन्सर्टमा कवि नवराज पराजुलीले आफ्ना कविता प्रस्तुत गरेका छन्। साहित्य समाज जर्मनी र नेपाली फुटबल टिम म्युनिखद्वारा आयोजित कविता कन्सर्टमा पराजुलीले आफ्नो कविता संग्रह 'सगरमाथा गहिराईबाट 'खोया','हेब्बी बड्डे'सहितका चर्चित कविताहरु बाचन गरेका थिए।

'जयन्तीकै दिनमा कार्यक्रम आयोजना गर्न प्रवासमा समय र स्थान नमिल्ने सक्छ। नाटक प्रस्तुतीको व्यस्तताका वाबजुदपनि कविले हामी नेपाली साहित्यप्रेमीलाई समय दिनुभयो, अत्यन्त हर्षित छौं', उनले भने।

उक्त कार्यक्रममा पराजुलीले पहिलोपटक आफ्नो कविता'मोक्ष'सार्वजनिक रुपमा प्रस्तुत गरेका थिए। यो कविता कन्सर्ट, पराजुलीको नेपाल बाहिरको पहिलो कविता कन्सर्ट हो।

कार्यक्रममा जर्मनीका विभिन्न भागका नेपाली साहित्यप्रेमीहरु उपस्थित थिए। पराजुलीले पार्श्व संगीतको साथमा कविता सुनाएका थिए। 

यसै महिना पर्ने भानु जयन्तीको अवसर पारेर कार्यक्रम आयोजना गरिएको नेपाली साहित्य समाज जर्मनी एवं नेपाली फुटबल टीम म्युनिखका तर्फबाट आयोजक समिति सदस्य सुवास नेपालीले जानकारी दिए।

'जयन्तीकै दिनमा कार्यक्रम आयोजना गर्न प्रवासमा समय र स्थान नमिल्ने सक्छ। नाटक प्रस्तुतीको व्यस्तताका वाबजुदपनि कविले हामी नेपाली साहित्यप्रेमीलाई समय दिनुभयो, अत्यन्त हर्षित छौं', उनले भने।

म्युनिखको आइनेवेल्ट हाउसमा सम्पन्न कार्यक्रमका सहभागी मनिष श्रेष्ठले कविता सुनिसकेपछि भने- ‘कविता सुनीरहँदा आँशु कतिबेला झर्‍यो, थाहै भएनछ’।

कवि पराजुलीले छोटो मन्तव्य दिँदै कुनै दिन आफू म्युनिख आएर एक टुक्रा नेपाल बाँचेको थिएँ भन्ने सम्रण गर्ने बताएका थिए।

नवराज पराजुली नेपाली साहित्यको युवा पुस्ताका सशक्त कवित हुन्। उनी यतिबेला थिएटर भिलेज नेपालको तर्फबाट ‘मालिनी: द प्रिन्सेस अफ् गार्डेन’ नाटक प्रस्तुतिका लागि २१ दिने युरोप भ्रमणमा छन्।  

प्रकाशित: १८ असार २०७४ ०५:५२ आइतबार