प्रवास

स्पेनमा घोडादौड र सांस्कृतिक कार्यक्रम

स्पेनस्थित नेपाली राजदूतावासले घोडा दौड सहित विधिन सांस्कृतिक कार्यक्रम गरेको छ।

राजदूतावासले १३ मे २०२३ मा म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विधिन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ औं वर्षको अवसरमा कार्यक्रमको आयोजना गरिएको राजदूतावासले जनाएको छ।  नेपालको संस्कृति र पर्यटन प्रवर्द्धन  गरी सन् २०२६ सम्ममा स्पेनबाट प्रतिवर्ष कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने तथा हाम्रा हिमाल तथा हिमनदीहरूमा जलवायु परिवर्तनको असरबारे चेतना जगाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

नेपाल र स्पेनको राष्ट्रिय गानसहित राजदूत डा.शर्मिला पराजुली ढकालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन भएको थियो।

उत्तर अमेरिका, पूर्वी यूरोप एसिया र प्रशान्त क्षेत्रका महानिर्देशक तथा स्पेनको परराष्ट्र मन्त्रालयका राजदूत जेभियर सालिडोले आगन्तुकहरुलाई सम्बोधन गर्दै नेपाल(स्पेन सम्बन्धको बलियो पक्षबारे प्रकाश पारे।

उनले पर्यटन, संस्कृति, खानपान, हरित ऊर्जालगायतका क्षेत्रमा दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने इच्छा व्यक्त गरे।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका आठ अग्लो हिमालको नाम राखिएका आठ वटा घोडाको प्रदर्शनी थियो जसमा प्रत्येक पर्वतको संक्षिप्त विवरण राखिएको थियो।

राजदूत डा.पराजुलीले विजेता घोडसवारलाई भगवान् बुद्धको मूर्ति तथा सहभागी सबैलाई मायाको चिनो प्रदान गरेकी थिइन्।  

प्रकाशित: १ जेष्ठ २०८० १२:३३ सोमबार

स्पेनस्थित नेपाली राजदूतावास