प्रवास

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी)द्वारा शुक्रवार लन्डनमा आयोजित रात्री भोजलाई सम्बोधन गर्दै राजदूत आचार्यले नेपालमा लगानीको वातावरण दक्षिण एसियाका अन्य मुलुकहरूको तुलनामा आकर्षक रहेको बताए।

उनले कोभिड भन्दा पहिले प्रति वर्ष ६०,००० ब्रिटिश पर्यटकहरूले नेपालको भ्रमण गरेकोमा अहिले त्यो संख्या ५०,००० पुगेको बताए।उनले दुवै देश बीच पर्यटन तथा व्यापार अभिवृद्धि गर्न नेपाली तथा ब्रिटिश व्यवसायीहरुलाई आग्रह गरे।

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद तथा पूर्व मन्त्री डिन रसेलले नेपाल बेलायतको भरपर्दो मित्र रहेको बताउँदै अन्तर्राष्ट्रिय व्यापार वृद्धि हुँदा दुवै मुलुकलाई फाइदा पुग्ने बताए। उनले बेलायतमा रहेका नेपाली समुदायले एक अर्कालाई सफल हुन सहयोग गरि रहेको बताउँदै त्यसको प्रशंसा गरे। उनले दुई देशबीचको व्यापार बढाउन आवश्यक रहेको बताए।

बीएनसीसीका प्रमुख कार्यकारी रिचार्ड पेलीले नेपालमा लगानी वृद्धि गर्न प्रशासनिक व्यवधान हटाउन र दुवै देशबीच दोहोरो कर हटाउने सम्झौता गर्न आग्रह गरे।

बीएनसीसीका उपाध्यक्ष बिराज भट्टले कार्यक्रम संचालन गरेका थिए भने अध्यक्ष डा कपिल रिजालले सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा गायक सपन राईले गीतहरू गाएर मनोरञ्जन गरेका थिए।

प्रकाशित: ३० वैशाख २०८० ११:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App