प्रवास

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने

विजय थापा

वाशिंगटन डिसी— नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ। उक्त साधारण सभालाई तयारीका लागि उपसभापति केशव बरालको संयोजकत्वमा साधारणसभा मुल तयारी समिति गठन गरिएको छ। 

उक्त साधारण सभाको उद्‌घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ। 

एक दिवसीय उक्त सभाको लागि अमेरिकाका २८-३० वटा शाखाका पदाधिकारी, केन्द्रिय कार्य समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, शुभेच्छुक सहित करिब ३ सय जना को सहभागी हुने अनुमान छ। 

कार्यक्रम को उद्‌घाटन सत्र बिहान राखिएको छ। उक्त साधारण सभाको उद्‌घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्। एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिनेछ। 

नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाईं सदस्य सचिवको जिम्मेवारी दिइएको छ। साधरण सभाका लागि आर्थिक संयोजकमा केन्दीय सदस्य गोपाल विश्वकर्मालाई तोकिएको छ।

केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्नेछ। सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा, विधान संशोधन मस्यौदा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ। 

साधारण सभा मुल तयारी समितीका संयोजक केशब बराल बद्‌लिँदो परिप्रेक्ष्यमा संस्थालाई कसरी अघि बढाउने लगायतका विषयमा व्यापक छलफल हुने जानकारी दिए।

गत हप्ता डिसी वरपरका संघसंस्था तथा जनसम्पर्क समिति लगायतको बैठक बसेको थियो। उक्त बैठकमा पवन खनाल, केदार तिमिल्सिना, मुक्ति दवाडी, मधु पन्थी, दधि ढुंगाना, राम मिश्रा, देशराज संयोग, यम सिटौला, लक्ष्मी गौडेल, केशब बराल, पदमराज रेग्मी, राम शरण हुमागाई, भरत रेग्मी तथा मुक्तिनाथ पन्थको उपस्थिति थियो।

प्रकाशित: १३ फाल्गुन २०७३ १२:४० शुक्रबार

जनसम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाले उद्‌घाटन गर्ने