प्रवास

यम बुद्धको शव नेपाल लगिने

लन्डन— शनिबार मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शवको औपाचारिक पोस्टमार्टम रिपोर्ट परिवारले अझै पाएको छैन। रिपोर्ट पाएपछि वेलायतको कानुनी प्रक्रिया पूरा गरी शवलाई नेपाल लाने तयारी छ।

अस्पतालले सोमबार परिवारलाई सम्पर्क गर्दै पोष्टमार्टम सकिएको र रिपोर्ट पठाएको जनाएको थियो। हुलाकबाट पठाइएको रिपोर्ट बिहीबारसम्म परिवारले पाएका छैनन्। अाधिकारिक कागजात हुलाकबाट पठाउने चलन लन्डनमा सामान्य हो।

‘हामी रिपोर्टको प्रतीक्षा गरिरहेका छौं। त्यसपछि यहाँको कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ’, एक जना परिवार सदस्यले नागरिकन्युजसँग भने।

विभिन्न सञ्चार माध्यमले पारिवारिक स्रोतको हवला दिँदै पोस्टमार्टम रिपोर्टबारे फैलाइएका खबरमा सत्यता नभएको पनि परिवारले जनाएको छ। नेपालका चर्चित गायकको दुःखद निधनको समाचार लेख्दा संयमित भइदिन परिवराले अाग्रह समेत गरेको छ।

लन्डनस्थित नर्थविक पार्क हस्पिटलले शवको पोस्टमार्टम गरेको थियो। अस्पतालले सोमबार परिवारलाई सम्पर्क गर्दै पोष्टमार्टम सकिएको र रिपोर्ट पठाएको जनाएको थियो। हुलाकबाट पठाइएको रिपोर्ट बिहीबारसम्म परिवारले पाएका छैनन्। अाधिकारिक कागजात हुलाकबाट पठाउने चलन लन्डनमा सामान्य हो।

परिवारका अनुसार पोष्टमार्टम रिपोर्ट आएपछि शव नेपाल लैजान कानुनी प्रक्रिया सुरु गरिनेछ। 

गत शनिबार बिहान लन्डनस्थित आफ्नै निवासको बाथरुममा २९ वर्षे चर्चित गायकको शव झुण्डिएको अवस्थामा भेटिएको थियो। लन्डनस्थित प्रहरी प्रवक्ताले घटना ‘गैरशंकास्पद’ भएको उल्लेख गरेका थिए। उनको मृत्यु खबरले लाखौं प्रशंसकलाई दुःखी तुल्याएको थियो।

प्रकाशित: ६ माघ २०७३ ०९:०१ बिहीबार

यम बुद्धको शव नेपाल लगिने