प्रवास

किताब लिएर विनोद चौधरी युएईमा

अाफ्नै पुस्तकबारे बोल्दै उद्योगपति चौधरी। तस्विरः नारायण

युएई - फोर्ब्स म्यागेजिनले अर्बपति सूचिमा राखेका  विनोद चौधरीको आत्मकथाको अंग्रेजी संस्करण 'मेकिङग ईट बिग' युएईमा विमोचन भएको छ।

बिहीबार युएईको सबैभन्द ठुलो महल दुबई महलमा रहेको किनोकुनिया बुकस्टोरमा कार्यक्रम गरी पुस्तक विमोचन गरिएको हो।

आत्मकथामा उनको व्यावसाय विस्तार, सफलता, र संघर्ष लगायतका विषय समेटिएका छन्।

आफूले अहिलेको स्थानमा आइपुग्दासम्म गरेको संघर्ष स्मरण गर्दै उनले पुस्तक पढेपछि सबैको राम्रो पतिक्रिया पाउँदा धेरै खुसी लागेको बताए। 'नेपाली पढेर धेरैले राम्रो प्रतिक्रिया दिएका छन्। यो अंग्रेजी संस्करण पढेर प्रतिक्रिया दिनुहोला', उनले भने।

कार्यक्रममा नेपाली दूतावास यूएईका कार्यबाहक राजदूत नेत्र बहादुर टन्डनका लगायत अन्य नेपाली संघ संस्थाका प्रतिनिधि र विदेशीको उपस्थिति थियो।

 

 

प्रकाशित: २२ पुस २०७३ ०७:०० शुक्रबार

किताब लिएर विनोद चौधरी युएईमा