प्रवास

गिरी स्पेनकालागि पर्यटन दूत नियुक्त

लन्डन- नेपाल पर्यटन बोर्डले स्पेनमा नेपाली पर्यटनको विकाश एवंम प्रर्वद्धनकालागि पर्यटन दूत नियुक्त गरेको छ। बोर्डद्धारा सोमवार जारी पत्र अनुसार गैरआवासीय नेपाली संघ स्पेनका पूर्वअध्यक्ष तथा व्यवसायी एकराज गिरीलाई आगामी २ बर्षका लागि पर्यटन दूत नियूक्त गरेको हो।

‘पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिका रुपमा स्पेनमा नेपाली पर्यटनको विकास र विस्तार गर्न दूतको महत्वपूर्ण भूमिका हुने छ।

बाग्लुङको पैयुँपाटामा जन्मिएका गिरी विगत १२ बर्ष देखी स्पेनमा बिभिन्न सामाजिक कार्यमा समेत संलग्न छन्।

गिरीले कुनै पद नलिएर पनि देशका लागि सक्दो सहयोग गर्दै आएको स्मरण गर्दै पर्यटन बोर्डले दिएको जिम्मेवारीले थप हौसला मिलेको बताए। उनले स्पेनमा बसेर नेपालको पर्यटनको प्रर्वधनको लागि सकृय रहेर काम गर्ने प्रतिबद्धता जनाए।

 

 

 

 

प्रकाशित: २० पुस २०७३ ०९:४२ बुधबार

गिरी स्पेनकालागि पर्यटन दूत