प्रवास

अष्ट्रेलियामा नेपाली वैज्ञानिकलाई प्रतिष्ठित पुरस्कार

लन्डन— हाल अष्ट्रेलियामा कार्यरत एकजना नेपाली वैज्ञानिक डा. राजु अधिकारी र उनको अनुसन्धान टोलीका अन्य सदस्यहरुलाई कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशन (सिएसआइआरओ) ले कृषि तथा खाद्य डिरेक्टर पुरष्कार प्रदान गरिएको छ।

एक सयवर्ष अघि स्थापित सिएसआइआरओ अष्ट्रेलियाको एक प्रमुख वैज्ञानिक अनुसन्धान संस्था हो।

फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने उनीहरुको भनाइ छ। कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो।

डा. अधिकारीलाई कृषि उत्पादन बढाउन पोलिमर प्रविधिको विकास गरेकोमा संयुक्तरुपमा उक्त पुरष्कार प्रदान गरिएको हो। हाल अष्ट्रेलियामा परीक्षण भैरहेको उक्त प्रविधि नेपाल लगायतका कृषिप्रधान देशहरुमा पनि सफलतापूर्वक प्रयोग गर्न सकिने आफूले विश्वास लिएको वैज्ञानिक डा. अधिकारीले बताए।

आउँदो सन् २०५० सम्ममा विश्व जनसंख्या बढेर साढे नौ अर्ब पुग्ने अनुमान गरिएको छ। बढ्दो जनसंख्याका लागि खाद्यान्न कसरी पुर्‍याउने भन्ने ठूलो चुनौती रहेको छ। थोरै पानी र रासायनिक मलको प्रयोग गरी उत्तिकै जमीनमा दीगो रुपमा खाद्यान्न उत्पादन बढाउन क्षय नहुने पोलिफेलिन भनिने रसायनमा आधारित पदार्थ विश्वभरि नै किसानहरुले प्रयोग गर्न थालेका छन्।

यसबाट माटोमा रहेको पानीको ह्रास कम हुने र झारपातको वृद्धिमा पनि नियन्त्रण हुने वैज्ञानिकहरु बताउँछन्। फलफूल तथा नगदेबालीको उत्पादन बढाउन यो प्रविधि उपयोगी हुने उनीहरुको भनाइ छ। कैयौं वर्षको अनुसन्धान पछि कृषिमा प्रयोगकालागि ट्रान्सपिरेशनल भनिने यो प्रविधिको विकास गरिएको हो।

जैविक प्रविधि विशेषज्ञ डा. अधिकारी गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिका संयोजक पनि हुनुहुन्छ।

 

प्रकाशित: ११ पुस २०७३ ११:५० सोमबार

अष्ट्रेलियामा नेपाली वैज्ञानिकलाई प्रतिष्ठित पुरस्कार