प्रवास

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान

संगम घर्ती मगर

बाग्लुङ- अध्ययनतथा वैदेशिक रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका नेपालीले नेपालचिनाउने अभियानसुरु गरेका छन्। अस्ट्रेलियाको सिड्नीमा रहेका एक दर्जनभन्दा बढी नेपालीयुवाले जय नेपाल समूह र युथफोरम अस्ट्रेलियामार्फत उक्तअभियानसुरु गरेकाहुन्।

अहिले उनीहरुले आफ्नो निजीकारको पछाडि 'बुद्ध र सगरमाथाको देश नेपालमा स्वागत छ', 'तपाईंको अर्को बिदाको योजना नेपालमागर्नुहोस्' लेखिएको गौतम बुद्ध, कुमारी, सगरमाथा, एकसिंगे गैंडा र र्‍याफ्िटङको तस्बिरसहितको स्टिकर टाँसेर अभियान सञ्चालन गरेका छन्। नेपाललाई अस्ट्रेलियामा चिनाउन र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोगपुर्‍याउन सो अभियानसुरु गरिएको जय नेपाल समूहकाअध्यक्ष विष्णु सापकोटाले बताए।

‘कर्मभूमिमा रहेर जन्मभूमिकालागि केही गरौं भन्ने भावनाका साथशतप्रतिशत ‘भोलिन्टियर’ कार्यमाविश्वभर छरिएका नेपाली एक भएर लागौं’ भन्ने नाराका साथहामीले यो अभियानसुरु गरेकाहौं,’ सापकोटाले भने,‘यसले नेपालचिनाउन र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ।’ पहिलो चरणमा यो डिसेम्बरभित्र २०–३० निजी गाडीमा स्टिकर टाँसेर जनवरी ७मा सिड्नीको मुख्य–मुख्य ठाउँमा एकसाथ ड्राइभ गर्ने उनले बताए।

‘६ जनामिलेर सुरु गरेको यो अभियानमाअहिलेसम्म १५ जनाभएका छौं, अरु साथीलाई पनि समेट्न प्रयास गरिरहेका छौं,'उनले भने। निजी गाडीमा टाँस्नका लागि १ सय ८० डलर पर्ने स्टिकरलाई एचएस क्रियसनले १ सय ३० डलरमाउपलब्ध गराएर सहयोग गरेको अभियानकासदस्यसागर अधिकारीले बताए।

चाहेको बेला घरमै झिक्नमिल्ने स्टिकरको खर्च गाडी धनीआफैंले बेहोर्ने गरेका छन्। दोस्रो चरणमा एक महिनासम्म सिड्नीका १० वटा सार्वजनिकयातायातमा ‘नेपाल घुम्न जाउँ्क’ लेखिएको स्टिकर टाँसिने ऋचाबास्कोटाले बताइन्।

दोस्रो चरणको अभियानकालागि १४ हजार अस्ट्रेलियन डलर खर्च लाग्ने र फन्ड संकलनकालागिच्यारिटी कार्यक्रमगर्ने तयारी भएको उनको भनाइ छ। अहिले सिड्नीमा सञ्चालनगरिएको यो अभियानअन्यसहरमापनि लैजाने योजनाबनाएको उनले सुनाइन्। ‘अन्यसहरमा रहेका नेपाली साथीसँग समन्वय गरेर अभियानलाई अन्य ठाउँमा पनि पुर्‍याउने योजना छ,' उनले भनिन्। जय नेपाल समूहमार्फत यसअघि बागलुङका भूकम्पबाट क्षतिपुगेकाविद्यालयको भवननिर्माण, दोलखाकाभूकम्पपीडितलाई न्यानो कपडा वितरण तथाधुर्मुस सुन्तली फाउन्डेसनलाई समेत सहयोग गरेको अध्यक्ष सुवेदीले बताए।

प्रकाशित: ११ पुस २०७३ ०४:५० सोमबार

अस्ट्रेलियाको सिड्नीमा नेपाल चिनाउने अभियान