प्रवास

प्रवासी नेपाली मञ्च जापानमा नयाँ कार्यसमिति

मञ्चको नवनिर्वाचित कार्यसमिति

टोकियो— नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानको नयाँ अध्यक्षमा महेन्द्र श्रेष्ठ सर्वसम्मत चुनिएका छन्।

आइतवार तय गरिएको पदाधिकारी चयनमा सहमति जुटाउन नसकिएपछि एक दिन ढिलो गरि पदाधिकारी चयन भएको हो। पाँच जनाले अध्यक्ष पदमा दावी गरेपछि श्रेष्ठको नाममा सहमति जुटाउन सोमवार दिनभरि समुहगत रूपमा पदिय भागवण्डामा हानाथाप भएको थियो।

आगामी दुई वर्षका लागि चुनिएको २७ सदस्यीय कार्य समितिको पुरै पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको थियो। जस मध्ये पाँच जना उपाध्यक्ष पदमा क्रमश बाबुराम भण्डारी, सिद्धार्थ श्रेष्ठ, कुलचन्द खरेल, मोहन रायमाझी, बलराम भुसाल छानिएका छन्।

यस्तै महासचिवमा सुरेश केसी, उपमहासचिवमा राजेन्द्र श्रेष्ठ दुई सचिवमा क्रमश विकास पौडेल र जीवन अर्याल तथा कोषाध्यक्षमा पशुपति गिरीलाई चयन गरिएको छ। यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमश पर्शुराम बस्नेत, भिम न्यौपाने, देवीलाल भंडारी, बुद्धिराज धिमिरे, प्रकाश महरा, अशोकचन्द्र अधिकारी, अच्युत लोहनी, प्रकाश ढकाल, स्वतन्त्र पौडेल, आलोक चालिसे, दीप पाठक, सागर रिजाल,  राजु तिवारी र नारायण पौडेल रहेका छन्।

एमाले स्थाई समिति सदस्य, प्रस्तावित क्षेत्र नं ४ का संयोजक तथा पूर्व मन्त्रि किरण गुरुङ तथा
विशेष अतिथि एमाले बैकल्पिक सदस्य राजन राईको सहभागितामा सर्वसम्मत पदाधिकारी चयन गरिएको हो।

प्रकाशित: १४ मंसिर २०७३ १३:५५ मंगलबार

प्रवासी नेपाली मञ्च जापानमा कार्यसमिति