प्रवास

अमेरिकीबासी नेपालीले मनाए दसैं

न्युयाेर्क- अमेरिका बस्ने नेपालीहरूले दसैं मनाएका छन्। उनीहरूले दशमीकाे दिन टीका लगाएर दसैं मनाएका छन्। सात समुन्द्र पारिबाट अाफन्त र बुबा अामाबाट जाेडिन इन्टरनेटले सहयाेग गरेकाे छ। अमेरिकास्थित नेपालीहरूले इन्टरनेटकाे माध्यमबाट भिडियाे कल गरी अाफ्ना बुबा अामाबाट टीका थापेका हुन्। दसैंकाे अवसरमा अमेरिकास्थित नेपालीहरूले विदा लिएरै परिवारका साथमा दसैं मनाए।

'घरमा दसैं नमनाएकाे दस वर्ष भइसक्याे। दसैं अाउँदा घरकाे सम्झानाले न्यास्राे लाग्छ। तर अचेल इ्न्टरनेट घरमा अामा बुबा कुरा गर्न पाइन्छ,' न्युयाेर्कका हरि दवाडीले भने, 'नेपालकाे जस्ताे नभए पन यहाँ भएका अाफन्तसँग दसैं मनाउँदै अाएका छाैं। यहाँ पनि नेपालकाे जस्तै दसैंकाे राैनक हुन थालेकाे छ।'

प्रकाशित: २६ आश्विन २०७३ ०२:५४ बुधबार

अमेरिकीबासी नेपालीले मनाए दसैं