प्रवास

लन्डन दूतावासमा दसैं

लन्डन- हिन्दु नेपालीको महान पर्व विजयादशमी, दीपावली, छठ, माघी लगायतको अवसर पारेर  लन्डनस्थित नेपाली दूतावासमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।

सोमवार नेपाली दूतावास भवनमा आयोजित कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीले बेलायतस्थित नेपाली समूदायको हक हित र अधिकारका लागि काम गर्ने बताए। उनले आफ्नो आगामी ४ बर्षे कार्यकाल नेपालको विकासको लागि योगदान गर्दै नेपाल र नेपालीको सिरलाई विश्वसमूदायका बीच उच्च र अक्षुण राख्न प्रत्यन गर्ने बताए। दुई हप्ता अघि मात्र आफ्नो पदभारग्रहण गरेका राजदूत सुवेदीले दूतावास भित्र साना कामबाट सुधार गर्दै  दूतावासलाई थप व्यवस्थित बनाउदैं लैजाने प्रतिबद्धता जनाए।

कार्यक्रममा गैरआवासीय नेपाली सँघ यूकेका अध्यक्ष मुछेत्र गुरुङ, व्यवसायी राजेन्द्र खेतान, प्राध्यापक सूर्य सुवेदी, पूर्वमन्त्री तथा सांसद रेशम लामा लगायत करिव ४ दर्जन संघसँस्थाका प्रतिनिधी लगायतको उपस्थिती थियो।

मुख्यसचिव लन्डनमा

नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी लन्डन आइपुगेका छन्। सोमवार साँझ लन्डन आइपुगेका सुवेदीसँग वाणिज्य मन्त्रालयको सचिव ङयन्द्र प्रसाद उपाध्याय समेत सामेल छन्। उनीहरु डिएफआइडी अन्तर्गत विश्वव्यापार सम्वन्धी तिन दिने कार्यक्रशाला गोष्ठीमा भाग लिन यहाँ आइपुगेका हुन्। उनीहरु आगामी शुक्रवार नेपाल फर्किने तयारी रहेको नेपाली दूतावास लन्डनले जनाएको छ।

फोटो शौजन्यः  नरेन्द्र बस्नेत

 

 

प्रकाशित: २५ आश्विन २०७३ ०३:५४ मंगलबार

लन्डन दूतावासमा दसैं