प्रवास

राप्रपा नेपालको युरोप क्षेत्रीय समिति गठन

लन्डन– युरोपमा छरिएर रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट नेपालीलाई संगठित गर्ने उदेश्यले प्रवासी नेपाली एकता समाज युरोप शाखा गठन गरिएको छ। समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै सुरेन्द्रमान अमात्य (बेल्जियम) को अध्यक्षतामा समिति गठन भएको जनाएको हो।     

२३ सदस्सीय कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा रोशन सापकोटा (युके), गौरब न्यौपाने (पोर्तुगल), महामन्त्रीमा, बिक्रम बानियाँ (नेदरल्यान्डस्),  सहमहामन्त्रीमा विजय  शाही (जर्मनी), उपमहामन्त्री, भूपाल कार्की (स्कोट्ल्यान्ड), कोषाध्यक्ष, नरेश कठायत (डेनमार्क), सहकोषाध्यक्ष हरी खत्री (फ्रान्स) छन्।

त्यस्तै प्रवक्तामा गम्भीर उपाध्याय  (जर्मनी) लाई तोकिएको छ। सदस्यहरुमा अमिर गुरुङ (नेदरल्यान्डस्), मनोजकुमार बानियाँ (स्विडेन), हेमा लामा (बेल्जियम) नयन मल्ल (नर्वे) धनु ठकुरी (स्विट्रल्याण्ड) मनोज अधिकारी (अस्ट्रिया), संजय शाह (इटाली) रोशनी शाह (स्पेन), कौस्तुप अधिकारी (डेन्मार्क), भूपाल सिलवाल (स्पेन) अर्जुन ओली (जर्मनी), सुनिता  तिवारी (डेन्मार्क), सुनिल खड्का (पोर्तुगल), दीप कुँवर (बेल्जियम) छन्। यस्तै सल्लाहाकारमा बिभु मिश्र (स्विडेन), रमेशराज बास्तोला (पोर्तुगल), आकाश  थापा  (नेदरल्यान्डस्) र सहदेव गौतम (बेल्जियम) लाई मनोनयन गरिएको छ।

देशप्रेमी, राष्ट्रवादी, हिन्दु धर्म र एकताको प्रतिक राजसंथालाई मान्ने नेपालीहरु पुनः एक ठाउँमा गोलबन्द हुनुपर्ने आवश्यकता महसुश गर्दै सो समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० आश्विन २०७३ १०:५९ बिहीबार

राप्रपा नेपालको युरोप क्षेत्रीय समिति गठन