प्रवास

किकबक्सिङका महर्जन जापानका ६७ केजीका खेलाडीसँग भिड्ने

टोकियो— मार्शल आर्ट्स किक बक्सिङका नेपाली खेलाडी मोहन महर्जन ‘ड्रागन’ आगामी सेप्टेम्वर अन्तिम साता अर्को महत्वपूर्ण खेलमा भिड्ने भएका छन्। क्रुस ईभेन्ट नाम दिइएको किक बक्सिङ प्रतियोगितामा मोहनले जापानका ६७ किलो तौलका खेलाडीसँग भिड्ने भएका हुन्।

प्रतियोगिताबारे जानकारी दिन टोकियोमा भएको पत्रकार सम्मेलनमा विभिन्न इभेन्टसँगै ‘ड्रागन’ले रोमान्चक खेलका लागि आफूलाई तयारी राखेको बताए।

नेपाली र जापानी संचारकर्मीहरूको सहभागिता रहेको पत्रकार सम्मेलनमा मोहन ‘ड्रागन’ ले यो प्रतियोगिता जीवनकै महत्वपूर्ण प्रतियोगिता मानेर खेल्ने उल्लेख गरे। 'पछिल्ला केही प्रतियोगितामा पाएको हारको बदला यसपटक जितेर देखाउँछु', मोहनले भने, 'आउँदो खेल मेरो ड्रीम गेम हो।'

आउँदो सेप्टेम्बर ३० तारिख साँझ ७ बजे टोकियो डोमको कोउराकुएन हलमा आयोजना हुने प्रतियोगितामा हातहातमा नेपालको झण्डा सहित सहभागी भएर हौसला बढाइदिन उनले जापानबासी नेपालीलाई अनुरोध गरेका छन्।

२ दशक अघि जापान आएका उनले मार्शल आर्ट्सको बिभिन्न प्रतियोगिताहरूमा सफलता प्राप्ता गर्दै जापानमा नेपालको नाम राख्दै आएका छन्।

प्रकाशित: १२ भाद्र २०७३ ०७:३७ आइतबार

किकबक्सिङका महर्जन जापानका ६७ केजीका खेलाडीसँग भिड्ने