प्रवास

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा

युएई -  अप्ठ्यारामा परेका नेपालीलाई सघाउने उद्देश्यले युएईमा १ लाख दिराम अर्थात ३० लाख रुपैयाँ कल्याणकारी कोष स्थापना गरिने भएको छ। सन १९९० मा युएईमा स्थापना भएको सबैभन्दा पुरानो नेपालीहरुको संस्था नेपाली समाज युएईले २६ औं वार्षिकोत्सव अवसरमा कल्याणकारी कोष स्थापना गर्ने उद्‌घोष गरेको हो। 

'प्राथाना गर्ने ओठभन्दा सहयोग गर्ने हात महान हुन्छन् नेपालीका लागि नेपालीको सहयोग हाम्रो प्रतिबद्धत', नारा दिएर समाजले कोष स्थापनामा सघाएन आह्वान गरेको छ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले यहाँ आएपछि अप्ठ्यारोमा परेका नेपालीलाई सघाउने कल्याणकारी सोचले कोष निर्माण गर्न लागिएको बताए।

नेपाली समाजले निश्वार्थ भावनाले स्थापना गरेको कोषमा व्यावसायी डा.दिनेस आचार्यले १० हजार युएई दिराम अर्थात लगभग ३ लाख रुपैयाँ सहयोग गरेका छन्।

समाजले विभिन्न समयमा निःशुल्क मेडिकल चेक जाँच, लेवरक्याम्पहरुमा जनचेतनामुलक कार्यक्रम जस्ता सामाजिक कार्यहरु गर्दै आएको छ। 

कार्यक्रममा जातिय भेषभुषा सहित पन्चेबाजा, झाँकी, गोर्खा व्यान्ड लगाएत युएईमा कार्यरत नेपाली कलाकारहरुले नेपाली प्रस्तुति देखाइएको थियो।

भिडियो

प्रकाशित: २३ श्रावण २०७३ १३:३४ आइतबार

युएईमा ३० लाखको कल्याणकारी कोष बनाउने घोषणा