प्रवास

टोक्योमा नेपाल बिजनेस सेमिनार सम्पन्न

जापानको राजधानी टोक्योमा नेपाल बिजनेस सेमिनार सम्पन्न भएको छ। जापान नेपाल चेम्बर अफ कमर्श र नेपाल चेम्बर अफ कमर्शको संयुक्त आयोजनामा शुक्रबार कार्यक्रम आयोजना भएको हो।

नेपालमा जापानी लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नेपालमा लगानी गर्न चाहने ४० भन्दा बढि जापानी कम्पनीहरुले सहभागिता जनाएका थिए।  

उक्त कार्यकममा जापानका पूर्व मन्त्रि तथा बर्तमान सांसद हिरोगुची हिरोसिले यस्ता खालका अन्तरक्रियात्मक कार्यक्रमले दुई देशबीच आर्थिक बिकासको परिणाम ल्याउन सक्नेमा आफु विश्वस्त रहेको बताउँदै यसले दुईबीचको  सम्बन्धलाई थप मजबुत बनाउने धारणा व्यक्त गरे।  

कार्यक्रममा जापान बाह्य व्यापार संगठन जेट्रोका उपाध्यक्ष खाजुया नाकाजोले नेपालसंग जापानको ब्यापार बढाउने र लगानी गर्ने अवसर भनेको दुवै देशको लागि अर्थपूर्ण हुने विचार ब्यक्त गरे।

त्यस्तै जापान नेपाल सोसाईटीका अध्यक्ष एवम नेपाल का लागि जापानका पुर्ब राजदुत कोजिमा मिचुआकीले नेपालमा बिदेशी लगानी बढ्नु अत्यन्त सकारात्मक कार्य भएपनि यसलाई नेपाल जापान दुवैले थप लचिलो भएर अगी बढ्नपर्ने विचार व्यक्त गरे।

यसै क्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले  नेपालमा जापानको लगानी कम्पनि(कम्पनिबीच वा सरकार(सरकारबीच जुनसुकै रुपमा भएपनि सकारात्मक भएको बताउंदै नेपालमा हाइड्रो पावर , मिनरल वाटर, पर्यटन, खनिज ,हर्ब्स , बेन्किंग उद्योग लगायतमा लगानी गर्न उपस्थित लगानीकर्ताहरुलाई आह्वान गरे।

कार्यक्रममा विश्व बैंक,संयुक्त राष्ट्र खाद्य र कृषि संगठनमा पुर्ब कार्यरत अर्थशास्त्री डा।यानागीसिमा कोजी, इबाराकी विश्वविद्यालयका प्रोफेसर डा। नाकागावा मिचुहिरो र अन्तर्राष्ट्रिय अधिबक्ता डा।बलराम श्रेष्ठद्वारा अनुसन्धान गरि तयार पारिएको नेपाल र जापानबीचको आर्थिक लगानीको सम्भावना सम्बन्धी सोधपत्र प्रस्तुत गरिएको थियो भने टोक्यो कृषि विश्वविद्यालयका अनुसन्धान कर्ता डा।योगेन्द्र घर्ति मगरले नेपालमा आधुनिक कृषि व्यवसायमा जापानले लगानी गर्न सक्ने बिषयमा शोधपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा जापानका लागी नेपाली राजदुत डा।दुर्गा बहादुर सुबेदीले नेपालमा वैदेशिक लगानीका लागी हाइड्रोपावर,पर्यटन,शिक्षा,स्वास्थ,सूचना,जैबिक प्रविधि,मिनरल वाटर लगायतका सेक्टर उत्पादनमुलक हुने धारणा राख्दै लगानीको सहजीकरणका लागी नेपाल सरकार र दुतावासले जुनसुकै खालका सहयोग गर्न पछी नहटने प्रतिबद्धता जनाए।

नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष डा। बलराम श्रेष्ठले नेपालको आर्थिक विकासको लागी जापानी लगानीलाई नेपाल भित्र्याउन नेपाल जापान चेम्बर अफ कमर्श लागिपरेको बताउंदै यस कार्यमा दुतावास र नेपाल सरकारले संगै हातेमालो गर्न पर्ने धारणा व्यक्त गरे।

प्रकाशित: ३ मंसिर २०७९ ०८:२८ शनिबार

बिजनेस सेमिनार