नेपाल आलय निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा दुई/दुई रुपैयाँ घटाएको हो।
नेपालगन्जमा अनधिकृत रुपमा पुस्तक बिक्री गर्ने पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। जिल्ला अनुगमन टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्समा छापा मारेर ५० हजार रुपैयाँ जरिवाना तिराएको हो।