साँझ म चाबहिल क्षेत्रमा नै थिएँ। अचानक गोपिकृष्ण हलनिर तनाव भएको खबर आयो। म कुदिहालेँ क्यामेरा लिएर त्यतै। छ महिनामा छ जनाको ज्यान लिइसकेको छ स्वयम्भू यातायातको बसले। आक्रोशित स्थानीय बासिन्दाले एकपछि अर्को गर्दै तीन वटा बस जलाए। ती जल्दै गरेका बसहरुको फोटो खिच्दा मलाई लाग्यो म कुनै युद्धभूमिमा छु।
प्रकाशित: २ फाल्गुन २०६६ २३:३३ आइतबार