मौनता देखियोस तर मुस्कानको राज होस, चञ्चलाता रहोस तर गम्भिरता कायम रहोस्। यहीबीचबाट दुई ढुकढुकीबीच संवाद स्थापित होस् यहीनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ। दुई हृदयको कोमल स्पर्ष जहाँ भावनाको राज हुन्छ। प्रेमीलताको गहिराई मनको अन्तरस्कन्दबाट प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ।
प्रेममा न प्राप्ती को कुरा हुन्छ ? न मूल्यको हिसाबनै । हुन्छ त केवल अनुभुति। सस्तो चाहना स्वार्थ बन्छ, जसले गर्दा प्रेमको सत्यलाई कमजोर बनाउँछ। प्रेम मनबाट निस्कन्छ, भावनमा जोडिन्छ,पवित्र हुन्छ र स्वतन्त्र पनि। प्रेमले कुनै बन्धन रुचाउँदैन। तर, विवाह दिमाखवाट हुन्छ, जो निर्देशनात्मक हुन्छ। जवरजस्त हुन्छ। सम्झौतवादी हुन्छ।
प्रेम विवाह जरुरी छैन। प्रेम छ त सवैथोक छ, प्रेम विनाका यावत प्रयास, सम्बन्ध केवल भोग विलासिताका हुन्छन्। मनबाट जो निस्कन्छ त्यो जोगाई राख्न सक्यो भने सच्चा प्रेम बन्छ। जव जव मिसावट थपिन थाल्छ तव कुरो बिगँ्रदै जान्छ, स्वार्थ हावी हुदैँ जान्छ । मनको भावलाई जस्ताको त्यस्तै ओकलौँ साच्चो प्रेम भएर स्थापित हुन्छ । प्रेमले कुनै बन्दन स्विकार्दैन र कुनै सीमानाको हद हुदैन । कतिपयले यी कुरा आर्दश मान्छ, वास्तावमा प्रेम आफैं आर्दश हो, भलाद्मी रुपको प्रस्तुती।
प्रेम भावनाको तह हो, परिभाष गर्न कठिन। केवल भोगाइको तहले निर्धारण गरेको छ। भावनाको कञ्चनता प्रेमको अभाषको प्रिय चित्र हो। प्रेमलाई अकासझैं अनन्त , क्षिजीतझैं फराकिलो, पहाडझै अटल, हिमाल झैं कञ्चन मान्नुपर्छ। सम्झनाको प्रिय, अप्रिय श्रृखला, आफ्नोपनको चिटिक्क परेको आभाष तन्द्रादेखि सपनीहरुका प्रिय भएर चलखेल गर्छन्। जीवन हुनुको अर्थले, जीवन भोग्नुको साध्यले प्रेमको रेखाहरु कोरिन्छन्। रहरले होइन, वाध्यताले पनि होइन संयोगले बाच्छ प्रेमको श्रृंखलित लय।
सँगै शीर जोडाएर, केशरासी चुमेको पवनसँग लुकामारी खेल्दै दूर क्षितीज निहालेर जीवनको सार्थकताको चित्र कोर्ने कसलाई रहर हुँदैन। प्रेम प्राकृतिक छ। जरुवाको मुलमा उम्रिएको पानी, पहाडका उचाईमा वगेको पवन, मनबाट निस्किएको भावना उत्तिकै कञ्चन छ। यो कञ्चनपनालाई विगारेको छ त केवल हाम्रो बानी, व्यहोराले। प्रेम सत्य, सार्थक र कञ्चन छ, बुझाइको भ्रम सत्य होइन। प्रेम गर्छु भनेर हुने होइन, चाहानाको रंग भन्दापनि अनुभूतिको श्रृँखला हो। मुस्कानको आभा होस या चुम्वनको प्रतिछाँया प्रेम जो प्रतित भएर प्रेमको जीवन्नता स्थापित हुन्छ। न देख्न सकिन्छ, लेख्नलाई शब्द्ध नै प्रार्याप्त हुदैँन, न चाहेर पनि हुदैन, चाहेर मात्र नी सम्भव छैन। यही भन्नेर भन्ने होइन भोगाईको गहता, भावनको हृदयता हो।
प्रेम साटिनु जरुरी छ, नसाटिँदैमा भेटिने भन्ने होइन। प्रेम आर्दश हो भन्नै पर्छ, साट्नै पर्छ जरुरी छैन्। आफै निस्कने हृदयको त्यो भाव हो जसले धनी गरिव, जाति, रंग, वर्ण केलाउँदैन। नाराहरु होलान, कथ्यहरु होलान सबै सत्य हुन्छ भन्ने कहाँ छ र? प्रेममा प्रियताको सत्यता हुन्छ । जो अजम्बरी भनेर विश्वास गरिदैँ छ। हाम्रा आँखाहरु जसले देख्छ, जहाँ भ्रमहरु हुन्छन्, हाम्रो दिमाख सोच्छ, त्यहाँ स्वार्थहरु हुन सक्छ, मन जो छ जहाँबाट स्वच्छ प्रेमको आभाको उदय हुन्छ जो यर्थाथको प्रतिक हो।
बुझाइले अन्तर पार्ला, कथाहरुले फरक बनाउला, शब्दहरुले वेमेल गर्ला तर सत्य प्रेम आर्दश हो । जीन्दगीका फजितीहरु गहिराइमा पुग्ने हो भने फगत हुन, फजितीबाट जोगिएको प्रेम जो युगौँको प्रतिनिधित्व गर्छ। भ्यालेण्टाई डेको मौकामा सन्त भ्यालेण्टाईनलाई सम्झदैँ प्रेमका यावत श्रृखालाहरु प्रेम साचेर बाँच्ने प्रति सम्मान छ । प्रेमगरेर हास्नेप्रति सम्मान छ। प्रेममा दुख हुदैँन, त्यही भएर प्रेमलाई प्रेम हुन दिऊ, जीवनलाई जीवन हुन दिऔँ।
प्रकाशित: १ फाल्गुन २०७२ ००:४६ शनिबार