ब्लग

सौराहाबाट रिफ्रेस होला त एमाले ?

सौराहा नदी, जंगल र दुर्लभ वन्यजन्तु तथा चराहरु हेरेर आनन्दलिने ठाउँ हो। देश विदेशका लाखौं पर्यटक घुम्न आउने यो ठाउँमा अहिले एमालेका तीन सय नेता कार्यकर्ता भेला भएका छन्। उनीहरु सौराहा आउनुको उद्देश्य भ्रमण गरेर रमाउनु पक्कै होइन तर सौराहाबाट एमालेले केही न केही यस्ता ठोस नीतिहरु ल्याउछ र नाकाबन्दी जस्ताविसम परिस्थिति अन्त्य भएर रमाउन पाइन्छ भन्ने आशा राख्नेहरु भने छन्।किन कि एमालेको भेलाले सौराहामा मधेसमाथि नै मन्थन गर्दैछ। मन्थनको मतलब सुन्ने, सुनाउने र निचोड निकाल्ने हो। के सौराहामा एमाले यसै गर्दै छ ? भेलालाई जे जसरी सञ्चालनगर्न खोजिँदै छ त्यसले देखाउँछ एमाले सुन्नेभन्दा बढी सुनाउन र मनाउनखोज्दै छ।

मधेसको मागनसुनेको बढी अपजस कसैलाई आउँछ भने त्यो एमाले पंक्तिलाई नै हो। प्रधानमन्त्रीतथा पार्टी अध्यक्ष केपीशर्मा ओलीका शब्दशब्दमा मधेसी दलहरु आपत्ति जनाउने गर्छन्। ओलीको बचन र व्यवहार मधेसप्रति संशेदनशील र सन्तुलित छैन भन्ने गरिन्छ। उनै ओलीले उद्घाटन गरेको सौराहा भेलाले मधेसकाबारेमा के नीति लेलाभन्ने चसो धेरैलाई छ। ओलीको बोलीमा यो देशमा समानता, न्याय र सम्वृद्धिको लागि सवैभन्दा प्रष्ट धारणा एमालेसँग मात्रै छ भन्ने सन्देश रहेको हुन्छ। एमाले त्यस्तो छैन भन्ने आलोचकहरुको मत छ। नेताको बोली र आलोचकहरुको प्रतिवादले मधेसमा एमालेका कार्यकर्ताहरु कुहिरोको काग भएका छन्। उनीहरु के गर्ने के नगर्ने दोधारमा छन्।

संविधानप्रति असहमति जनाउँदै सुरु भएको मधेस आन्दोलनले देशको अवस्था जटिल बनायो। जनजिवन प्रताडित छ। इन्धन र औषधिको चरम अभावका बीचमा कालो बजारी मौलाएको छ। यो अवस्थाले जन जीवन अस्तव्यस्त त भएकै छ खास गरेर मधेसमा एमालेको संगठनलाई पनि बचाउन कठिन हुने खतरा बढेर गएको छ। मधेस भेलाको मुख्य उद्देश्यभित्र तराइमा पार्टीलाई पनि जोगाउने र बढाउने उपाएको खोजि गर्नु हो।

यसकालागि मधेस आन्दोलनका सम्बनधमा एउटा स्पष्ट बोली बनाएर तराइका कार्यकर्ताले सौराहा छाड्नु पर्ने हुन्छ। त्यो बोली निर्धारण गर्ने बेलामा मधेसलाई कति सुनिन्छ र मधेसलाई कति बुझाइन्छ भन्ने हेर्नु छ। मधेस आन्दोलन लम्बिएका कारण संविधानमा के के छ भनेर सम्झाउन बुझाउन एमाले नेतृत्व मधेस छिर्न सकेको छैन। एमाले मात्रै होइन आन्दोलनकारी भन्दा इतरका कुनै पनि शक्तिले मधेसमा अहिले आफ्ना गतिविधि गर्न सकेका छैनन्। मधेस जान नसकेको अवस्थामा मधेसका नेता कार्यकर्तालाई सुरक्षित स्थान सौराहामा बोलाएको र नेतृत्वले आफ्ना कुरा सुनाउन र मनाउन खोजेको जस्तो देखिन्छ।

मधेसको भेला भनेपछि सौराहाम मधेसी जम्मा भएका होलान भनेर जो कोहीले पनि सोचेको हुन्छ। तर सौराहा भेलामा मधेसी अनुहार छ्याप्छ्याप्ती भने छैन। मधेसका २२ जिल्लाका अध्यक्ष, इन्चार्ज र केही पदाधीकारीका साथै मधेसका जिल्लाका सासंद र केन्द्रीय सदस्यहरु भेलामा आउने हुन्।

मधेसका जिल्लामा मधेसी मुलका मात्रै नेतृत्वमा नहोलान, सासंद र केन्द्रीय सदस्यपनि छैनन् होला। त्यसैले मधेस भेलामा मधेसीको बाहुल्य देखिदैन। जो सहभागि छन् कोही पार्टी नेतृत्वप्रति रुष्ट पनि देखिन्छन केहीले पार्टीले जे गरेको छ त्यो बेठिक होइन भन्ने मान्यतापनि राख्छन्। उकुस मुकुस उनीहरुलाई पनि छ। 'मधेस आन्दोलनकाबारेमा हामीले जे बुझेका छौं त्यो खुलमखुल्ला बोल्दै हिड्ने परिस्थिति छैन। यो आन्दोलनकिन उठ्यो कस्ले चलाइ रहेको छ सवैलाई थाहाभएपनि साचो कुरा भन्न सक्ने अवस्था छैन', सुनरसी इटहरीबाट आएका तैयब हुसैनले आफ्नो अफ्ठ्यारो पस्किए ।

पार्टी सरकारमाभएका बेलामामधेस आन्दोलन समाधानभए राम्रै हुने ठान्दछन् मधेसी कार्यकर्ताहरु। त्यसैले यो आन्दालनलाई अवसरका रुपमापनिलिनु पर्ने सुझाव उनीहरुको छ। सौराहामा मोटरसाइकल ¥यालीसमेत निस्कियो। सिराहाका पार्टी उस–सचिवअशोक यादव नेतृत्वलाई मधेस आन्दोलन सामाधानकालागि जिल्लाबाट दबाव दिनयसो गरियो भन्छन्। सीमांकनका विषयमा असहमतिहरु बढेका छन् । कुरा नमिल्लाभन्ने डर यही सीमांकनकाबारेमा हो ।

अशोक भन्छन् 'मधेस सिंगैं एक प्रदेश बनाउँदावादुई तीनबनाउँदा फरक पर्ने केहीहोइन तर मधेस एक प्रदेश बनाएमामधेसीहरुले टुक्राएर अरु देशमा मिलाउँछन् भन्ने चिन्तन जुन बढ्यो त्यो खराब हो। यस्तो चिन्तन पार्टीका नेताहरुले समेत नत्यागे समस्या समाधन हुन गाह्रो छ ।' मधेसीहरु अधिकार नपाएरै आन्दोलनमा आएका हुन भन्ने कुरा बुझ्न पार्टीले ढिला नगरोस भन्ने आग्रह यादवको छ। बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव आन्दोलनलाई नाजायज भन्न नहुने विचार राख्छन्। तर आन्दोलनकारी शक्ति र सरकार हठमा अडिग हुँदा समस्या बल्झेको उनको बुझाइ छ ।

सर्लाही जिल्ला कमिटिका उप सचिव जमरुदिनमन्सुर आन्दोलनकारीका माग सवै नाजायज छैनन् भन्छन्। पार्टी प्रष्ट भएर अगाडि बढ्न आवश्यक छ भन्दै मधेसमा कार्यकर्ता टिकाइ राख्न पनि गाह्रो हुन सक्नेतर्फ सजग हुनु पर्ने उनको आग्रह छ। एमालेका सल्लाहाकार सर्लाहीकै रविन्द्र बैठा यो भेलाले तराईका नेता कार्यकर्ताहरुलाई एउटा प्रष्ट धारणा दिन सहयोग गर्ने अपेक्षा राख्दछन्।

लम्बिएको मधेस आन्दोलनले जन जिवनमा मात्रै होइन मधेसमा एमालेको पार्टी संरचनालाई पनि सकस बनाएको अवस्था छ। मधेस छिर्न नसके पनि मधेस भेलागर्न सफल भएका कारण एमाले पंक्तिमा केही न केही आशाको सञ्चार भएको छ। तर यसको दीर्घकालीन महत्व के कति रहन्छ ? भेलाले निकाल्ने मधेस निचोडमा र अभिया नचलाउने कार्यकर्ताको उत्साहमा निर्भर रहन्छ। भेलामा केन्द्रीय सचिवालयले निर्माण गरेका तीन कार्य पत्रहरुमाथि केन्द्रति रहेर छलफल हुँदैछ । ति कार्यपत्रमा मधेसको आर्थिक र सामाजिक संरचनाका विषय पनि परेका छन्।

मधेसमा नागरिकता, सीमांकन जस्ता विषयमात्रै होइन समस्या भएका अन्य क्षेत्र पनि छन् भनेर कार्यकर्तालाई फरक विषय दिने प्रयासमा एमाले लागेको देखिन्छ। नाकाबन्दीको विषयमापनि कार्यपत्र पेश हुँदैछ । आन्दोलनमा भारतीय सहयोग देखाउँन यो विषयमा बढी समय खर्च हुने छ। मधेसका बारेमा पार्टीले विगतमा लिएको नीतिहरुकाबारेमा पनि कार्यपत्र प्रस्तुत हुने छ।

कार्यपत्रको विषय हेर्दा एमाले ठिक थियो ठिक छ भन्ने 'ज्ञान' दिनभेला राखेको देखिन्छ। उद्घाटन भाषणमा आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीले कडा आलोचना नै दोह¥याए। मधेसीका मागलाई बेतुकका भने । देशहितमा खलल नपर्ने भएका कारणले मात्रै आन्दोलनकारीका 'अनावश्यक' कुरा पनि मान्न तयार रहेको हो भने। ओलीको यो बोली मधेस आन्दोलनका बारेमा पार्टी नरम भएर जानु पर्छ भन्ने कार्यकर्ताहरुको चाहना अनुकुलको छैन।

ओलीले उद्घाटनमा कडा बोले। कार्यपत्र पेश गर्दा पार्टी महासचिव इश्वर पोखरेल, उपमहासचिव घनश्याम भुषाल र सचिव प्रदिप ज्ञवालीले केही नरम भाषामा पार्टीकै नीतिहरुको बचाउ गर्ने छन्। समूह छलफल पछि निचोड निकाल्ने क्रममा वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले जिल्ला नेतृत्वलाई उत्साहित बनाउने कोसिस गर्लान्। मंगलबार साँझबाट सौराहा फेरि सुन सानहुने छ। पार्टीले जे ग¥यो ठिक गरेको छ भन्ने मान्यता बोक्ने नेताहरुलाई अलि उत्साह थप्ने काम गर्ला तर पार्टीले मधेसको सन्दर्भमा धेरै सुधार गर्नु छ भन्ने अपेक्षा राख्नेहरुलाई भने यो भेलाले निराश नै बनाउने अवस्था छ। पार्टी ठिक छ भन्ने मान्यता बोक्ने नेतृत्वलाई जिल्लावासीले स्वागत गर्ने सम्भावना पनि छैन। त्यसैले मधेसका सन्दर्भमा एमाललेले अझै धेरै गर्नु आवश्यक छ । सौराहा त सुरुवातमात्रै हो ।

प्रकाशित: २१ मंसिर २०७२ २२:३८ सोमबार