ब्लग

अमेरिकासँग लभ पर्दा

अधिकांश युवाहरु भविष्य सुनिश्चित पार्न अमेरिका जाने कथा नयाँ होइन्। सुविधा सम्पन्न अमेरिकासँग लभ पर्दा स्वदेश नफर्कने मानिसहरु धेरै छन्। मेरो अमेरिका बसाईमा अमेरिकाको विभिन्न पाटोहरु बुझ्ने अवसर मिल्यो। अमेरिकाको नियम र मिडियाको प्रयोगबारे जानकारी पाइयो। मैले प्रोफेसर, पत्रकार, समुदाय, विद्यार्थी, सरकारी प्रतिनिधीहरूसँग भेटे। यसअघि शक्तिशाली देश भएर अमेरिकाले अन्य देशले आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्छ भन्ने सोँचले जडो गाढेको थियो। केही कुरा सिक्ने इच्छा राख्नेहरुको लागि अमेरिका हर्टकेक हो।वासिङ्टन डिसीबाट सुरु भएको यात्रा न्युर्योक सिटीसम्म पुग्दा ज्ञानको सागरभित्र छिरेर निस्कदा दिव्यज्योति पाएझैं भान भयो। पछिल्लो समय सोसल मिडियाले सफलता चर्चा पाइरहेको बेला अमेरिकाले यसको प्रयोगले गरेको परिवर्तनबारे जानकारी मिल्यो। नेपालमा टेलिभिजन र पत्रपत्रिका संख्या बढिरहेको छ। गुणस्तरियता र कर्मचारीलाई सुविधा दिन नसक्दा बिस्तारै टेलिभिजन र पत्रपत्रिकाको उभोगति सुरू भइरहेको छ। विश्वव्यापी पत्रिकाहरू द वासिङटन पोस्ट र न्युयोर्क टाइम्सले आफ्ना समाचारलाई वेवसाइटमार्फत् संसारभर पुर्याासकेका छन्। अमेरिकन मिडियाले मल्टिमीडियाको प्रयोग गरेर समाचारहरू तयार गरिरहेका छन्।

द वासिङटन पोस्टका पत्रकार वाल्टर पिन्कसले सोसल मिडिया समाचारको स्रोत भएको अनुभव सुनाए। 'सोसल मिडियालाई नियमित हेर्ने हो भने धेरै समाचार भेटिन्छन्। कसरी प्रस्तुत गर्नेचाहिँ पत्रकारमा भर हुन्छ,' उनले भनेका थिए। अनुसन्धानत्मक समाचारलाई प्राथमिक दिएको द वासिङटन पोस्टका एसोसिएट सम्पादक बब उडवार्डको सेसनमा वाटरगेट स्क्याण्डल र अनुसन्धानत्मक समाचारको शैली जान्ने अवसर मिल्यो। वाटरगेट स्क्याण्डलसम्बन्धी समाचारपछि राष्ट्रपति रिचार्ड निक्वनले पदबाट राजीनामा दिएका थिए।

युनाइटेड स्टेट हाउस अफ रिप्रिजेन्टेटिभ्स र युनाइटेड स्टेट क्यापिटोलमा पत्रकारहरूलाई समाचार संकलन गर्न सहज बनाइएको हाउस प्रेस ग्यालरी गर्ने गतिविधिबारे जानकारी पाइयो। नेपालको संविधान सभाभित्र भएको निर्णयको समाचार टिपाउन पत्रकारहरू संविधानसभाबाहिर आउनुपर्ने बाध्यता त्यहाँ छैन। द न्युयोर्क टाईम्सका पिटर बेकरको सेसनमा सरकारलाई झकझकाउन र विकासको लागि मिडियाको समेत भूमिका हुने बताए। संसारभर पत्रिकाहरू विज्ञापनमा निर्भर हुनुपर्ने भएकाले पत्रकारहरूले भनेअनुसारको समाचार तयार गर्न नसकिरहेको अनुभव उनले सुनाए।

सिरिकस युनिभर्सिटीअन्तर्गत पत्रकारिता र पब्लिक रिलेसन अध्ययन गराउने म्याक्सवेल स्कुल अफ सिटीजनसिप र पब्लिक अफेयर्स र एसआइ न्युहाउस स्कुल अफ पब्लिक कमिनिकेसनमा पत्रकारिताको अध्ययन गराउने शैलीबारे जानकारी लिने अवसर मिल्यो। नेपालमा प्रयोगात्मक शिक्षाको कमी छ। म पत्रकारिताको विद्यार्थीसमेत भएकाले प्रयोगात्मक कुराहरू आफैँ गर्नुस् भनेर शिक्षकहरू आनाकानी गर्छन्। हाम्रो कक्षाहरू अन्तर्क्रियात्मक हुँदैनन् कारण शिक्षकहरूले सबै सामाग्रीहरू निकालेर बढाईचढाई गर्छन्। यस्तो अवस्थामा विद्यार्थीले नयाँ कुरा सिक्ने अवसरनै पाउँदैनन्। अमेरिका अमेरिका हुनुमा त्यहाँको पढाउने शैलीपनि मुख्य माध्यम हो। प्रोफेसर र विद्यार्थी नियमित अन्तर्क्रिया गर्छन्। प्रोफेसरहरू विद्यार्थीबाट नयाँ कुरा सिक्न आतुर देखिन्छन्। कक्षामा प्रोफेसर र विद्यार्थीहरूको अन्तर्क्रियाले थप ऊर्जा दिन्छन्। प्रयोगात्मक शिक्षामा जोड दिने हुँदा हाम्रोजस्तो घोकन्ते शिक्षाको औचित्य छैन। प्रोफेसर विल स्मुलिन र डेनिस किन्सेले विद्यार्थीहरूको अन्तर्क्रियाबाट नयाँ कुराहरू पाठ्यक्रममा थप्न जोड दिने गरेको बताए। विद्यार्थीहरूको प्रयोगात्मक शिक्षामा जोड दिन द अरेन्ज हाउस न्युजरूम, डिक क्लार्क स्टुडियोले मुख्य भूमिका खेलेका छन्। विद्यार्थीहरूलाई पढाईमा जोड दिन अमेरिकन सरकारल र युनिभर्सिटीले विभिन्न छात्रवृतिहरू प्रदान गरिरहेको छ।

अमेरिकामा सबैतिर महिलाहरूको सहभागिता उत्कृष्ट भए पनि राजनीतिमा भने त्यस्तो छैन। नेपालको परिवेशमा कुरा गर्ने हो भने हामीले महिला राष्ट्रपति र सभामुखसमेत पाइसकेका छौं। पछिल्लो समय नेपाली राजनीतिमा महिलाहरूको सहभागिता उल्लेखनीय छ। अमेरिकामा भने सम्भवतः अर्को वर्ष महिला राष्ट्रपतिको रूपमा हिलारी क्लिंटन पाउने नपाउने अन्योल छ। पछिल्लो समय अमेरिकाको सिरिकसमा भएको स्थानीय चुनावमा विजयी जोयनी माहनीको भेटघाटमा राजनीतिमा महिलाहरूको सहभागिता बढी रहेको प्रतिक्रिया दिएकी थिइन्।

चिसो सिरिकसबाट फोरिडाको टेम्पा पुग्दा यात्रा अझ रोचक भइसकेको थियो। टेम्पामा रहेको युएस स्पेशल कमान्ड र युएस सेन्ट्रल कमान्डको हेडक्वाटरमा ग्लोबल सुरक्षाको लागि अपनाएको विभिन्न तयारी र कामहरू बुझ्ने अवसर मिल्यो। विभिन्न डिभिजनमा रहेको कमान्डले विभिन्न देशको सुरक्षाकर्मीसँग सहकार्य गरिरहेका छन्। अन्तर्राष्ट्रियस्तरको द्वन्द्वग्रस्त क्षेत्रमा अमेरिकाको विभिन्न कमान्ड कार्यरत छन्।

टेम्पाको पोइन्टर इन्स्टिट्यूटले मल्टिमीडिया स्टोरीका लागि विभिन्न डिजिटल सामाग्री प्रयोग गरेर सहज शैलीमा समाचार तयार गर्न प्रोत्साहित गर्योम। पोइन्टर इन्स्टिट्यूटको प्रोफेस्नल सेमिनारबाट फाइदा नलिने सायद कमै पत्रकार होलान्। मेरो करियरको लागि यो सेमिनार महत्वपूर्ण ठहरियो। भविष्यमा मल्टिमीडिया स्टोरी गर्न भिडियो, साउन्ड र फोटो सम्पादन गर्ने झन्झटबाट आराम दिएको छ। डब्लुएमएनएफ ८८.५ सामुदायिक रेडियोको ट्रु टककी प्रस्तोता समिरसँगको भेटले मुस्लिम देशमा महिलाहरूको जीवन डरलाग्दो हुने अनुभव सुन्ने अवसर पाइयो।

व्यस्त र रंगीन शहर न्युयोर्क सिटीमा रहेको मिडियाहरूले अल्पसंख्यक समुदायलाई प्रोत्साहन गरिरहेको कुराले भने आश्चर्यमा पारेको थियो। कमिनिटी टु प्रोटेक्ट जर्नलिस्ट नामक संस्था पुग्दा भने पत्रकारहरुको सुरक्षाका लागि कुनै काम नसकेर संस्थामात्र स्थापना गरिरहेका भान हुन्थ्यो। जीवनमा ३-४ वर्ष अध्ययन गरेर एउटा सर्टिफिकेट हात पर्छ। यहाँ हरेक सिकाईमा सर्टिफिकेट र नयाँ ज्ञान पाइएको छ। त्यतिमात्र होइन, संसारभरिका ८० देशका पत्रकारहरूको अनुभव र भोगाइका कथाले भावुक बनाइरहेको थियो। अमेरिका बसाईमा सिक्ने र सिकाउने प्रवृतिको विकास भएकाले अमेरिकासँग लभ परेको भान हुन्थ्यो।

प्रकाशित: ११ मंसिर २०७२ २३:४५ शुक्रबार