ब्लग

मित्र भयो घाती (कविता)

कस्तो राम्रो छिमेकी मित्र, बल्ल तिम्रो देखियो चरित्र !
भूकम्पले जलेको मन छ, नाकाबन्दीले झन् छाती चर्किन्छ !

नुन दिन्छौं, सुन लिन्छौं, मोती फुलाउँछौं !
मौका पारी कूटनीति सन्धि गराउछौं
हीरा फल्न तिम्रो देशमा हाम्रो पानी लान्छौं !
हितकारी मै हुँ भन्दै नाकाबन्दी हान्छौं !

बडा पत्र छ यौटा याैटा, यस्तो हो त सन्धि सम्झौता !
भन्छौं आफैं हितकारी मित्र, बाहिर ठिक्क कपटी दिल भित्र !

न नुन छ, न ग्याँस छ, न  त मट्टीतेल !
जैले पनि गर्छौं साथी हामीमाथि खेल !
सम्झौतामा जे जे थियो सबै बन्द गरी !
मित्र राष्ट्र मैं हुँ भन्छौ गर्छाै मनपरी !

अर्बौं दिन्छु अनुदान भन्छौं, रित्तो खाता फर्जी चेक पठाउछौं !
मोदी रहेछौ नक्कली साधु, राष्ट्रसंघले जोख्दै छ तराजु !

पहिलो भुटान, दोस्रो सिक्किम लगिसक्यौ पैले !
तराईमा खरको आगो बालिदिन्छौं अहिले !
सोझा मान्छे बोलाएर खाल्टो खन भनि !
भित्रभित्रै भन्दा रहेछौं साथ दिन्छु भनि !

कस्तो सन्धि पानीकै होला, पैला हान्यौं सिक्किममा बम गोला !
दशगजामा काँडेतार लाउछौं मौका पारी सीमाना बढाउछौं !

संविधान हाम्रो बन्छ, टाउको दुखाउछौं !
बीच बिचमा भाँजो हाल्न मान्छे खटाउछौं !
भोलि पास हुन्छ भन्दा दूत पठाउने !
खबरदारी पत्र दिइ मान्छे खटाउने !

संविधानलाई बनायौं तारो, हान्यौं मोदी नेपलामै झटारो !
नाकबन्दी जाल हान्यौं तर राष्ट्र संघमा जाउँला नि होसगर!

सृष्टिकर्ता ब्रह्म बिष्णु, संहार शिवजीको !
सृष्टि रच्दा नेपालमा सराप पर्यो के को !
किन दिएनौं ब्रह्माजीले समुन्द्रको बाटो !
शक्तिशाली छिमेकीले बन्यो नेपाल खोटो !

ब्रह्म बिष्णु सृष्टिका दाता रोक्तेउ बाटो भूल गर्यौ विधाता !
बनाइदियौं यो देशलाई खोटो, नभएर सामुद्रिक मूलबाटो !

कस्तो भूल भयो ब्रह्म सृस्टि दिँदाखेरि !
उलटपुलट गराएर  नयाँ रच फेरि !
बानाइदियो भारतले मरुभूमि जस्तो !
आझैं पनि नाकाबन्दी छैन भन्ने कस्तो !

समुन्द्रमा धेरै पानी हाम्रो पनि बगेर त्यहीँ जाने !
नेपालमा मूल फुट्छन् भुलक्क जाँन्छ पानी बैरीकै मुलुक !

जब आउँछ ठूलो भेल ढोका बन्द गर्ने !
वर्षाद्‍मा बन्द गर्ने हिउँदमा खोल्ने !
सीमानामा खटाउँछौ सेना पुलिस जो नि !
भन्छौं फेरि मैले होइन तराईको हो नि !

सबै लगेउ नदी र नाला, अहिले हाम्रो बनायौं यो चाला !
स्वयंसेवक लगाउँछौं बिल्ला, सीमावारी ठोकेर तार किल्ला !

कोटा दिन्छु डाक्टरको यति सिट भनि !
पास गर्छु आफ्नै मान्छे त्यो कोटामा अनि!
 भन्छौं फेरि ढिलो आइस अन्तरवार्ता दिन !
यस्तो देशले जनशक्ति बढ्न दिन्थ्यो किन !

साधु बन्छौं खरानी धसी गरेउ कपट मोदीले उही बसी !
यस्तै हुन्छन् साधु र सन्त जोड घरबार नबन महन्त !

बोर्डर जति सबै कब्जा तिम्रो सेनाबाट !
हितकारी मित्र भन्छौं सधैं गर्छु घात !
गराइदियौ नेपाललाई सुकुम्बासी जस्तो !
बल्ल बुझेउ हाम्रा नेता मित्र रहेछ कस्तो !

सन्धि एउटा, सम्झौता अर्कै छ, मन्द माेदी फेरि हामीलाई मर्कै छ !
लान्छौं युवा खन्नलाइ खानी, दिन्छौं पेन्सन कटौति त्यै पनि !

भूकम्पले लडाइदियो सबै संरचना !
सहायाेग गर्छु भनि आयाै घुमेउ बोर्डर चाइना !
महाकाली सन्धि गरेउ थपौं फेरि गण्डक !
सक्छौ भने मर्ज गर नराखी देउ बन्धक !

सहयोग गर्न नेपाल आउने चाइना बोर्डर जासुसी गराउने !
भाकी जान्छु पशुपति देउता झुट्टा कागज गराउछौं सम्झौता !

राष्ट्रसंघ, सार्क रास्ट्र कैले के के सन्धि !
के हेहेका छाै राष्ट्र संघ नेपाल भयो बन्धि !
देखावटी संघ संस्था नखोलौं भो रंगको !
त्याे बेला मा सहयाेग छैन के भो त्यस्ता संघको !

लिपूलेक दिएको भए हुने रहेछ उसैको !! विजय !
सुशील दाइलाई भुलायो तर केपी ओली बेलैमा होस् गर !

चारै धोका बन्द गर्ने भोटे ताल्चा लागाइ !
भन्छौ फेरि मैले हैन दोष तराईलाई !
येस्तै भयो देशको गति के सक्छु र मैले !
सार्क राष्ट्र मिलापत्र कहाँ गए अहिले !

बिन्ती गर्छु तराईका नेता वार्ता सफल बनाउन आउ यता !
यो कुराको बुझ्नहोस्, आफ्नै देश नबनाउ बन्धक !

आउँछौं घुम्न नेपालमा पशुपति भाक्छौं !
बरदान मागी फर्कीजान्छौ नाकाबन्दी हान्छौं !
भेटी दिन्छौं पशुपतिलाई, हिसाब किताब खोज्ने !
बल्ल बन्यो संविधान संसोधन ! माग्ने !

छलगरेका मोदीले कति पुछ निधार नलागौं ! विभूति !
साधु सन्त, सबैको हित पुग्छ  नाका तिम्रो त्याे  जित हुन्छ !
गल्ती भए हानि दिनुस् छडी, जान्छु जेलमा लगाउनुस् हत्कडी !

प्रकाशित: २३ कार्तिक २०७२ ०१:१८ सोमबार